६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

केपी ओलीले अध्यक्षमा नयाँ मान्छेलाई अगाडी सार्नुहुन्छः विन्दा पाण्डे

केपी ओलीले अध्यक्षमा नयाँ मान्छेलाई अगाडी सार्नुहुन्छः विन्दा पाण्डे
अ+ अ-

काठमाडौँ । नेकपमा एमाले नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओली तेस्रो पटक अध्यक्ष नबन्ने बताउनुभएको छ ।

एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडी सार्ने बताउनुभएको हो ।

महाधिवेशनको उम्मेद्वारी दर्ता गर्ने दिनसम्ममा अध्यक्ष ओलीले आफुले नेतृत्व छाडेको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो । अध्यक्ष ओलीले नेतृत्व छोडेर नयाँ पुस्तालाई नेतृत्व गर्नको लागी सघाउनेमा आफू आशावादी रहेको उहाँको भनाई छ । नेपाली राजनीतिमा पछाडीको नेतृत्वलाई मार्गदर्शन गर्ने परिपाटी अहिलेसम्म नरहेको उल्लेख गर्नुहुँदै उहाँले अध्यक्ष ओलीले त्यसको मान्यता स्थापित गर्ने बताउनु भयो । केपी ओलीकै अगुवाईमा दुई कार्यकाल नेतृत्व र ७० वर्षे उमेरहदको व्यवस्था पार्टीमा आएको स्मरण गर्नुहुँदै उहाँले आफूले स्थापित गरेको मान्यता भन्दा बाहिर जान नमिल्ने उल्लेख गर्नुभयो । उहाँले केपी ओली विनाको एमाले कल्पना गर्न सकिदैन भन्ने खालको नारा स्थापित गर्न खोजिएकोप्रति पनि असन्तुष्टी जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन बेला माधव कमरेड पार्टीको शिष नेतृत्वमा हुनुहुन्थ्यो । १५ वर्षसम्म उहाँ त्यहाँ रहँदाखेरीमा पार्टीमा नेतृत्व विकास हुन सकेन, जाम भयो, त्यो जाम खुलाउनको लागि पछिल्लो चरणमा दुई कार्यकाल भएपनि अहिले पहिलो केही अवधिको लागि एक कार्यकालमा पनि अलि छिटो छिटो महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने हाम्रो अध्यक्ष केपी ओली आज आफू शिर्ष तहमा पुगेपछि आजिवन त्यो पदमा रहिरहनपर्छ भन्ने खालको स्थिति सोच्नु एकदमै उहाँको आफैँले स्थापित गरेको मूल्य र मान्यता भन्दा गलत कुरा हो । मलाई लाग्छ, २२ गतेसम्मको स्थितिमा उहाँको एउटा मनस्थिति थियो । तर अहिले परिवर्तित स्थितिमा सायद फेरि एकपल्ट आफैँले स्थापना गरेको मूल्य र मान्यतालाई कम्तिमा पनि मैले बिदा लिँदै गर्दाखेरिमा त्यसलाई स्थापित गरेर जानुपर्छ भन्ने मनस्तिथिमा उहाँ पुग्नुहुनेछ ।’

‘अझैपनि ५ दिन बाँकी छ, मेरो अपेक्षा के हो भन्दा हामी ११ औँ महाधिवेशनको नोमिनेशन गर्ने तहसम्म पुग्ने बेलामा केपी कमरेडले मैले विदा लिएँ, अब अरु साथीले नेतृत्व गर्नुहुनेछ र मैले साईडमा बसेर, पद छाड्ने भनेको पार्टी छाड्ने होईन । पद छाड्ने भनेको साईडमा बसेर आफू भन्दा पछाडीकोलाई मेन्टरिङ गर्ने कुरा हो । लोकतन्त्रमा, त्यसमा पनि यो राजनितिक क्षेत्रमा मेन्टरिङ एकदमै आवश्यक कुरा हो । जुन कुरा हामीले त्यति धेरै स्थापित गर्न सकेका छैनौ । जसरी लोकतान्त्रिक पद्धतिमा उहाँले मान्यता स्थापित गर्नुभएको थियो, अब नेतृत्वले आफू साईडमा बसेर नयाँ आउने पुस्तालाई मेन्टरिङ गर्नुपर्छ भन्ने खालको अर्को मान्यता पनि स्थापित गर्नेतर्फ उहाँ जानुभयो भने उहाँले अहिलेसम्म गर्नुभएको कामको एउटा खाका त छँदैनै छ, राजनितिक र मानवीय हिसावबाट पनि उहाँले अर्को मान्यता स्थापित गर्न सक्नुहुनेछ ।’

एमाले केन्द्रिय सदस्य रचना खड्काले पार्टी नेतृत्वले जनताले चाहिरहेका छन् भन्ने बुझ्न नसकेको बताउनु भयो । तर महाधिवेशनमा भाग लिन आएका महाधिवेशन प्रतिनिधिहरुले जनता र पार्टी नेतृत्व दुबैको कुरा सुनेको उहाँको भनाई छ । उहाँकाअनुसार प्रतिनिधिहरुले पार्टी नेतृत्व र जनताको बीचमा तालमेल मिलेको छ कि छैन भन्ने बारेमा जानकार रहेका छन् । सोहीअनुसार महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गरेर नेतृत्व चयन गर्ने उहाँको दाबी छ । उहाँले पार्टीका पदाधिकारीमा रहेका व्यक्तिहरुले नै महाधिवेशनबाट अध्यक्ष ओली नै दोहोरिने भन्ने गरेकोमा पनि आपत्ति जनाउनु भयो । महाधिवेशन अगाडी नै पूर्वनिर्धारित जस्तो अभिव्यक्ति जिम्मेवार व्यक्तिबाट नै आउनु अस्वाभविक रहेको उहाँको भनाई छ । पार्टीको नेतृत्व महाधिवेशन प्रतिनिधिले चुन्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई लाग्छ हाम्रो नेतृत्वले हामी जस्ता धेरैको कुरा सुनेको छ । नेतृत्वले पार्टीमा भएका विभिन्न संरचनाका व्यक्तिहरुको कुरा सुनेको छ । जनतासंगको अन्तरक्रिया, जनताले के भनिरहेको छन् भन्ने कुराको अझै भेउ पाउन भने सकेको छैन । तर पार्टी सदस्य जो महाधिवेशन प्रतिनिधि भएर आएको छ, उनीहरुले नेतृत्वको पनि कुरा सुनेको छ र आम जनताको पनि कुरा सुनेको छ । पार्टीको नेतृत्व र जनताबीचको कुरा मिलेको छ कि छैन भन्ने पनि उसलाई थाहा छ ।  त्यसैलै आजको पार्टी पंक्ती र महाधिवेशन प्रतिनिधिले जसले पार्टी नेतृत्व र जनता दुवैको कुरा सुनेको छ, उसलाई थाहा छ पार्टी कस्तो बनाउनुपर्छ । आजको पार्टीको चुनौती के हुन र जनताले हामीसंग के डिफर राखिरहेको छ । के कुरामा सहमत छ र के कुरालाई प्रोत्साहन गर्नुपर्छ र के कुरालाई निरुत्साहित गर्नुपर्छ भन्ने कुरा महाधिवेशन प्रतिनिधीले राम्रोसंग बुझेको छ ।’ 

केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले ईश्वर पोखरेलको पार्टीमा योगदान केपी ओलीको भन्दा कम नभएको बताउनु भयो । केपी ओली र ईश्वर पोखरेल सँगै राजनीतिमा लागेको उल्लेख गर्नुहुँदै उहाँले कोअर्डिनेसन केन्द्रदेखि नै पोखरल निरन्तर रुपमा देशका सम्पूर्ण भुगोलमा गएर पार्टीको काम गरेको बताउनु भयो । पोखरेलले सामुहिक रुपमा पार्टी चलाउने प्रतिवद्धता जनाउनुभएको उहाँको भनाई छ । ओलीले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर आफुहरुको कुरा नसुनेको गुनासो गर्नुहुँदै उहाँले पोखरेलले आफूहरुका कुरा सुन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अध्यक्ष ओलीले आफ्नो  विपक्षमा बोल्नेहरुको सदस्यता नै हटाइदिने गरेको बताउनु भयो । भीम रावल र पुर्व राष्ट्रपति विद्या भण्डारीले केपी ओलीको विपक्षमा बोलेको कारण नै पार्टी सदस्यता खोसिदिएको आरोप लगाउनु भयो । नेतृत्वको विपक्षमा बोलेकै कारण आफूले पनि कारबाही भोगेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘महाधिवेशको प्रतिष्पर्धामा हामी टीम खडा गरेर जान लागेका छौँ । कमरेड केपी शर्मा ओली जुन बेलादेखी पार्टी राजनितिमा जोडिनुभएको थियो । सोही बेलादेखि नै पार्टी राजनीतिमा हुनुभएका, कोअर्डिनेसन केन्द्रदेखी निरन्तर रुपमा यो देशका सम्पूर्ण भुगोलमा गएर पार्टीको काम गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हाम्रो टिमको नेतृत्व गरेर उभिनुभएको छ । उहाँले सामुहिक रुपमा पार्टी चलाउने प्रतिवद्धता जनाउनुभएको छ । आज केपी शर्मा ओली जसले पार्टी र राज्यसत्ता मनपरि ढंगले चलाएर हामीले भनेको कुरा सुन्नुभएन, हामीलाई के विश्वास छ भने हाम्रो नेताले हाम्रो कुरा सुन्नुहुनेछ, सुन्नुभएन भने हामी फेरि सुन्ने गरी ठूलो आवाजमा भन्नेछौँ । यो आवाज आज दिन प्रतिदिन बढिरहेको छ ।’ 

केन्द्रिय सदस्य सर्मिला कार्की, सरिता न्यौपाने लगायतले नेतृत्व परिवर्तनमा जोड दिनुभएको छ । उहाँहरुले दुई कार्यकाल अध्यक्ष र ७० वर्षे उमेरहदलाई अनिवार्य लागू गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नु नै आजको आवश्यकता रहेको उहाँहरुले औँल्याउनु भयो ।