२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक सचिव शर्मा भन्छन्– खरिदसम्बन्धि कानून बनाएर गल्ती भयो की जस्तो लाग्छ



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजनाहरु कानूनी जटिलता, सरकारी उदाशीनता, आयोजना जिम्मा लिएका व्यवसायीको लापरबाहीका कारणबाटै रुग्ण हुने गरेको बताउनुभएको छ ।

नेपाल पूर्वाधार पत्रकार समाजले गरेको एक कार्याक्रममा उहाँले सार्वजनिक खरिद सम्बन्धि कानूनको औचित्यमाथि नै प्रश्न उठाउनुभएको हो ।

छिमेकी मुलुक भारतमा खरिदसम्बन्धि कानूनै नभएको बताउँदै नेपालमा पनि कहिलेकाही कानून बनाएर गल्ती भयो की भन्ने महशुस आफूले गरेको उहाँले सुनाउनु भयो । शर्माकाअनुसार केही विपति र मन्दीका कारणले पनि आयोजनाहरु रुग्ण बनेका हुन् । गोरखा भूकम्पदेखि कोभिडले पनि आयोजनाहरु रुग्ण बनेको उहाँको भनाइ छ । प्रोजेक्टको डिजाइन सही रुपमा नहुनेदेखि पर्याप्त बजेट नहुँदा पनि धेरै आयोजनहरु समस्यामा विगतमा परेको उहाँको भनाइ रहेको छ ।

सचिव शर्माले भन्नुभयो– ‘कहिलेकाही त हामीले कानून बनाएर गल्ती गरेका हौँ की जस्तो मलाई लाग्छ । किनभने २ वर्षअघि एउटा अध्ययनका क्रममा मैले खोजे । त्यसक्रममा भारतमा खरिदसम्बन्धि कानूनै छैन । त्यो सबैले चेक पनि गर्न सकिन्छ । त्यहाँ खरिदसम्बन्धि कानून आजसम्म छैन । उनीहरुले किन नगरेको भने यसका आ–आफ्नै समस्यासँगै विशेषता हुन्छन् । त्यसैले यसलाई डिसेन्टलाइज गरेको भन्ने तर्क भारतीयहरुले दिनुभएको छ । जस्तो डटपेन किन्न कानून र जहाज किन्ने कानुन एउटै बनाइदिदाँ त्यो मिल्दैन ।  क्षेत्रअनुसार कानून बनाए भइहाल्यो नि । अर्को कुरा इभोलोसनरी प्रोसेर हुँदा कानून बनाएपछि त्यसलाई संशोधन गर्न जटिल हुन्छ । अब हामीले १० वर्षदेखि समस्या पर्यो भनेर भनिरहेका छौं, त्यो समस्या कानूनमा भएकाले सुधार गर्न मुस्किल प¥यो । त्यसैले खरिद ऐन भएर मात्रै हुने होइन । कतिपय विषयहरु कानूनमा राख्ने विषय होइन, ती विषयहरु सम्झौतामा राख्ने विषय हो । सरकारी उदाशिनता मैले पनि देख्ने गरेको छु । कतिपय आयोजनाको शिलन्याश गर्न हतार भएको देखिन्छ । काम सम्पन्न भएपछि उद्घाटन गर्नमा हतार हुनुपर्ने तर त्यसो हुन सकेन । आयोजना पक्षको कमजोरीमा प्रोजेक्ट भनेको एउटा टिम हो । त्यो टिम सोहीअनुसारको गतिमा चल्नुपर्छ तर त्यसो हुन सकेको छैन । हामी एकअर्कालाई दोषरोपण गर्ने होइन, टिम मिलेर प्रोजेक्टहरु सम्पन्न गर्नुपर्छ । अब हामी कर्पोरेट कल्चरमा जानुपरो फर्मको संख्या घटाउनुपर्यो । क्षमता बढाउनुप¥यो र फर्मको संख्या घटाउनुपर्यो । ३५ हजार निर्माण व्यवसायी भनेर भएन ।’

डिजाइनलाई राम्रोसँग हेर्न नपाइने र सधैँ छिटोछिटो ठेक्का गर्नुपर्दा समेत आयोजनाहरु समस्यामा फस्ने गरेको उहाँको भनाइ छ ।