२३ मंसिर २०८२, मंगलवार
,
Latest
सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’ एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’ भौतिक सचिव शर्मा भन्छन्– खरिदसम्बन्धि कानून बनाएर गल्ती भयो की जस्तो लाग्छ वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन ठप्प अष्टलक्ष्मी शाक्यको आरोपः केपी ओलीले महिलाको अपमान गर्छन् राजेन्द्र लिङदेनको प्रश्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं एनपीएलः सुदूरपश्चिमविरुद्ध टस जितेर विराटनगरले फिल्डिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माईतीघर मण्डलामा प्रदर्शन



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२ औं वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ ।

यसै क्रममा काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा विभिन्न नागरिक समाज, सुशासन तथा भ्रष्टाचारविरोधी अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले “भ्रष्टाचार मुर्दावाद”, “सुशासन जिन्दावाद”, “भ्रष्टाचारको अन्त्य गर” जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण रूपमा विरोध जनाएका छन् । भ्रष्टाचारविरुद्धको यो दिवस हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर मनाइन्छ ।

नेपालले सन् २००३ मा पारित उक्त महासन्धिलाई २०११ मा अनुमोदन गरेको थियो ।