८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकाल सकिने बेला देउवाको अनौठो दाउ !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिन केहि दिन मात्र बाँकी छ। देउवाको चार वर्षे कार्यकाल यही फागुन १९ गते सकिँदैछ। तर कार्यकाल सकिने बेला देउवाले सक्रियता बढाएका छन्। महाधिवेशन भएको केही महिनापछि गठन गर्नुपर्ने विभागलगायतका सांगठनिक कामहरु बल्ल सुरसार गरेका छन्। अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी एक वर्ष केन्द्रीय समितिको कार्यकाल थप गरिएको छ। सोमबारसम्म पार्टीको केही विभाग गठन गर्नेदेखि केन्द्रीय सदस्य थप गर्ने तयारी सभापति देउवाको छ।

पार्टी १४ औं महाधिवेशनको तयारीमा जुटेका बेला सभापति देउवा आफूनिकट नेताहरुलाई पार्टीमा भूमिका दिने गरी अन्तिम समयमा विभाग गठन गर्न लागेका हुन्। उनले शुक्रबार अपरान्ह वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोन गरेर विभागमा बस्ने नेताको नाम दिन आग्रह गरे। तर नेता पौडेलले भने अधिवेशन गर्नुपर्ने बेला विभाग गठनको औचित्य नरहेको भन्दै सभापति देउवालाई विभागमा बस्ने नेताको नाम दिन अस्वीकार गरेका थिए। ‘अब विभाग किन चाहियोरु अधिवेशनमा जुट्नुपर्ने बेलामा विभाग गठनको कुरा स्वीकार्य हुँदैन,’ पौडेलले देउवालाई भने, ‘विधान अनुसार ६ महिनाभित्र अधिवेशन गरिसक्नुपर्ने भन्नेछ। तर अहिलेसम्म गर्नुभएन। अब विभाग गठनको आवश्यकता छैन।’

कांग्रेसमा विधान अनुसार विभाग संख्या २८ रहेकोमा सभापति देउवाले ४७ पुर्‍याएका छन्। विभाग गठनका लागि कांग्रेसमा पटकपटक छलफल हुँदै आएको छ। सभापति देउवाले सोमबारसम्म केही विभाग गठनको तयारी अगाडि बढाएका छन्। उनले विभागमा बस्ने नेताहरुको अन्तिम सूची तयार गर्न आफूनिकट केही केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएका छन्। ‘केहि दिनभित्र प्रचार, जनसम्पर्क, संगठन विभागलगायत गठन गर्ने तयारी छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘बाँकी विभाग पनि चाँडै टुंगो लगाइनेछ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।