काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष अनौपचारिकरुपमा स्थगित भएको छ । सरकारले आधिकारिकरुपमा सो घोषणा नगरेपनि बाह्य प्रचारप्रसार रोक्ने घोषणा गरेको हो ।
भ्रमण वर्ष–२०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताए । विश्वको रेगसँग लड्ने बिषयमा केन्द्रीत भइरहेको बेला नेपालको ध्यान भने अर्कोतिर बताउन नहुने निचोडमा सरकार पुगेको छ ।
बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटनमा जोड दिने मन्त्री भट्टराईले बताए । ‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छ, तयसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्धनात्मक कार्यक्रम गर्नेछौँ,’ उनको भनाइ छ । सौर्य दैनिक