६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह

खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह
अ+ अ-

काठमाडौँ । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।हालसम्म त्यहाँ कार्यरत नेपाली कोरोनाबाट संक्रिमत भएको खबर आइसकेको छैन। खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमानमा ४, कतारमा एक जना कोभिड–१९ बाट संक्रमित भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानबाट आएका यात्रुबाट कोरोना भाइरस संक्रमण भएपछि ती देशले इरानका सबै उडान बन्द गरेका छन्।

स्थानीय सरकारहरूले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत नेपालीले बताए। नेपाली दूतावास बहराइन र कुवेतले कोरोना भाइरसका सम्भावित लक्षणहरूको जानकारीसहित त्यहाँ कार्यरत नेपालीलाई त्यसबाट सतर्क रहन आग्रह गरेको छ। बहराइनस्थित दूतावासले सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भीडभाड हुने ठाउँमा सकभर नजान र जानैपरे अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

कोभिड–१९ का लक्षण देखापरे बहराइन स्वास्थ्य मन्त्रालयको टोल फ्री नम्बरमा सम्पर्क गरी आफ्नाबारेमा जानकारी दिन र स्वास्थ्यकर्मीले दिएको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेको छ। कुवेतस्थित नेपाली दूतावासले कोभिड–१९ का लक्षण देखापरे नआत्तिई तुरुन्तै चिकित्सकको परामर्श लिन र आकस्मिक सम्पर्कका लागि कुवेतको स्वास्थ्य मन्त्रालयमा खबर गर्न फोन नम्बरसहित सूचना जारी गरेको छ। उसले श्वासप्रश्वाससम्बन्धी बिरामीको सम्पर्कबाटै टाढै बस्नसमेत आग्रह गरेको छ।

उता, साउदी अरबले दुई साता मुस्लिमहरूको पवित्रस्थल मक्का र मदिना प्रवेशमा विदेशीलाई रोक लगाएको छ। खाडीमा क्षेत्रमा बैंक, सपिङ मल, हवाई सेवा, स्कुल, कलेज र सार्वजनिक कार्यक्रमहरू कोभिड–१९ का कारण प्रभावित भएका छन्। खाडी मुलुकमा १२ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ।

सरकारले गठन गर्यो उच्चस्तरीय समन्वय समिति

चीनबाट फैलिएको कोभिड–१९ को संक्रमण रोजगारीका लागि नेपाली रहेका कोरिया, युरोप र मध्यपूर्वका देशहरूसम्म देखिएपछि सरकारले उच्चस्तरीय समन्वय समिति गठन गर्दै मुलुकमा रोकथामका लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत नेपाललाई उच्च जोखिममा राखेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रीहरूको बैठक बोलाएर कोभिड–१९ रोकथामको तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गराएका हुन्।

उच्चस्तरीय समितिमा गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री छन्। समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका मुलुकहरूमा संक्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए। ती मन्त्रीका अनुसार बैठकमा संक्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमा समेत छलफल भएको थियो।

अब समितिले नै यसबारे अध्ययन गरेर आवश्यक परे हवाई उडान स्थगित गर्नेसम्मको निर्णय गर्नेछ। प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुको स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक चिकित्सक र उपकरण तत्काल व्यवस्था गर्नसमेत निर्देशन दिएका छन्। उनले परीक्षणका लागि उपकरण, ल्याब, किट तथा औषधिको पर्याप्त भण्डारण गर्नसमेत स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ। कान्तिपुर दैनिक