१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन



अ+ अ-

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सुदूरपश्चिमको कैलालीमा निर्माणाधिन जालपादेवी केवलकार तथा रिसोर्टको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिनुका साथै समग्र सुदूरपश्चिम प्रदेशकै गेम चेन्जर परियोजना सावित हुने जालपादेवी केवलकार प्रालीका अध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो ।

निरीक्षण तथा अवलोकनका क्रममा मन्त्री खनालले निजी क्षेत्रले तोकिएको समयमा तोकिएकै बजेटमा काम सम्पन्न गर्ने गरेको बताउँदै केबलकार तथा रिसोर्टका बारेमा जिज्ञासा समेत राख्नुभएको थियो ।