२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘साधनमाला’ लोकार्पण



अ+ अ-

काठमाडौँ। महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को आज यहाँ लोकार्पण गरियो ।

बौद्ध देवदेवीहरुको उत्पत्ति, आह्वान मन्त्र, बीजाक्षर, पूजा विधि, प्रतिमा लक्षण, योग समाधि जस्ता पक्षहरु विस्तृत रुपमा समेटिएको यो पुस्तक पं दिव्यबज्र बज्राचार्यले नेपाल भाषामा अनुवाद गर्नुभएको हो।

अनुवाद सम्पन्न भएको ३४ वर्ष पछि यो पुस्तकको बौद्ध विदुषी सुमति बज्राचार्यबाट सम्पादन र दिव्य केसरी परिवारबाट प्रकाशनमा आएको हो ।

साधनमालामा विभिन्न ज्ञात अज्ञात लेखकहरुको ३१२ वटा साधनासम्बन्धी लेखहरु संगृहीत छन् भने आज प्रकाशित पहिलो भागमा १७० वटा साधना समेटिएका छन् । पुस्तक ४६७ पृष्ठको छ ।

उक्त पुस्तकको डा. बज्रराज शाक्य, यज्ञमानपति बज्राचार्य, डा हृदयरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य र डा. गौतमवीर बज्राचार्यले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

पुस्तकबारे आफ्नो धारणा व्यक्त गर्दै डा. बज्रराज शाक्यले नेवाः समुदायमा प्रचलित नव ग्रन्थ बौद्ध धर्म र दर्शनको सैद्धान्तिक पक्षमा केन्द्रित रहेको र त्यसका साधना तथा अभ्यास ‘साधनमाला’ र ‘क्रिया समुच्चय’ मा समाविष्ट रहेको बताउनुभयो । उहाँका अनुसार काय, वाक् र चित्तको शुद्धीकरणका लागि बौद्धहरुले अवलम्बन गर्ने धार्मिक विधिविधानको आधारशिला साधनमाला हुन् ।

अर्का विद्वान यज्ञमानपति बज्राचार्यले बौद्ध साधकहरुका लागि यो पुस्तक गुरुग्रन्थ नै भएको विचार व्यक्त गर्नुभयो । पुस्तकका सम्पादक सुमति बज्राचार्यले आफ्ना पिता दिव्यबज्रद्वारा अनूदित यो पुस्तकले बोधिचित्तको प्रार्थनाका साथसाथै विश्वको समस्त चलअचल धर्म स्वभावैले शून्य र परिशुद्ध छन् भनी साधकले दृढनिश्चय गर्नुपर्ने भन्ने तथ्यलाई हरेक बौद्ध साधनामा स्पष्ट पारिएको बताउनुभयो ।