१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड



अ+ अ-

धनुषा। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उहाँले जेनजीले पुरानो पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएको उल्लेख गर्नुभयो ।

जनेजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न पार्टीहरुबीच बृहत एकता गरिएको उहाँको भनाइ छ ।

प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राख्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले हजाराँैंको सङ्ख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको दाबी गर्नुभयो । उहाँले पार्टी एकता भएपछि सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।

नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ । पार्टीले कर्णाली र काठमाडौँमा पनि एकता सन्देशसभाको आयोजना गर्ने जनाएको छ । रासस