२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबलः एपिएफ फाइनल प्रदेश



फाइल फोटो
अ+ अ-

झापा। झापा जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारामा जारी प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यू डायमन्डलाई पराजित गरेको हो ।

एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यू डायमन्डलाई स्तब्ध पारेको थियो । न्यू डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई रू नगद पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

आजको जितसँगै एपिएफले आइतबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनुभयो । रासस