६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना भाइरस
विमानस्थलमा सबैको अनिवार्य जाँच

कोरोना भाइरस विमानस्थलमा सबैको अनिवार्य जाँच
अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो मुलुक जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँचको डेस्क अनिवार्य पार गर्नुपर्ने व्यवस्था गरिएको हो । त्यस्तै जहाज काठमाडौं अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह सुरु गरिएको छ । आइतबारबाटै विमानस्थलमा यात्रुहरूको शरीरको तापक्रम जाँच्ने ‘थर्मल स्क्यानर’ बाहेक ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई गम्भीरताका साथ लिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धनका कार्यक्रम हाललाई स्थगन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै यात्रुलाई कडाइका साथ निगरानी गर्ने निर्णय गरेको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को संक्रमण रोकथामका उपाय अपनाउन मातहतका निकायका प्रमुखहरूसँग आइतबार दिउँसो बैठक गरे । त्यसमा विमानस्थलमा यात्रुलाई कडाइका साथ निगरानी बढाउने लगायतका नौवटा निर्णय गरिएको छ । सबै यात्रुको स्वास्थ्य जाँचको प्रबन्ध गर्न मन्त्री भट्टराईले विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीलाई निर्देशन दिए ।

बैठकले आइतबारै विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्दै विमानस्थलभित्र थप स्थान पहिचान गर्न निर्देशन दिएको थियो । कार्यदलले टर्मिनल भवनभित्र थप स्थान पहिचान गरी स्वास्थ्य जाँचलाई चाहिने थप उपकरणका लागि पहल गर्नुपर्नेछ । बैठकलगत्तै विमानस्थलले सबै मुलुकबाट आउने यात्रुलाई जाँच अनिवार्य गरेको हो । ‘यसअघि चीनबाट मात्रै आउने यात्रुहरूको स्वास्थ्य जाँच हुन्थ्यो,’ उनले भने, ‘आइतबारदेखि सबै विदेशी एयरलाइन्सबाट आउने यात्रुहरूलाई दुइटा लाइनमा पंक्तिबद्ध गरेर जाँच थालेकाछौं ।’

हाल काठमाडौंमा स्वदेशी तथा विदेशी गरी २९ वटा एयरलाइन्सले दैनिक कम्तीमा ८० देखि सयवटा हाराहारी अन्तर्राष्ट्रिय उडान गर्छन् । चीनबाट उडान गर्ने पाँचवटा एयरलाइन्सले एक महिनाअघि सातामा ४३ वटा उडान गर्थे अहिले घटाएर १३ वटा मात्रै गरिरहेका छन् । नेपालको हिमालय एयरलाइन्सले चीनका पाँचवटा सहरमा गर्दै आएको उडान तत्कालका लागि बन्द गरेको छ । यसैबीच पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको प्रभाव न्यूनीकरण तथा रोकथामका लागि अन्य मुलुकहरूले अवलम्बन गरेको उडानसम्बन्धी रणनीतिको अध्ययन गर्दै दुई दिनभित्र सुझाव दिन नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई निर्देशन दिएका छन् ।

मन्त्रीले विज्ञसहितको राय लिएर विदेशी एयरलाइन्सको उडान रोक्नुपर्ने हो वा होइन संक्षिप्त प्रतिवेदन पेस गर्न भनेका छन् । नेपालमा हाल उडान गर्दै आएका चिनियाँ एयरलाइन्स सिचुवान र तिब्बत एयरलाइन्सले उडान नै रोकिसकेका छन् । अन्य चिनियाँ एयरलाइन्सहरू चाइना साउर्दनले सातामा गर्दै आएको १४ उडानबाट दुई, चाइना इस्टर्न ११ बाट चार र सातामा सातवटा उडान गर्दै आएको एयर चाइनाले पिन उडान संख्या घटाएका छन् । कान्तिपुर दैनिक