२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ



अ+ अ-

काठमाडौँ । सहज, पहुँचयोग्य र सहुलियत दरमा स्पाइनल इन्जुरीका बिरामीहरूलाई पुनस्र्थापना सेवा दिने उद्देश्यले ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

चितवनको नारायणगढ न्युरोडमा स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा सञ्चालित यो चितवन युनिट संघको दोस्रो ठूलो केन्द्र हो ।

यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सञ्चालित केन्द्रले सफलतापूर्वक सेवा दिँदै आएको छ । मुलुकको मध्य भाग र पूर्व–पश्चिम राजमार्गको केन्द्रबिन्दुमा रहेको चितवनमा यो केन्द्र स्थापना भएसँगै मध्य नेपालका स्पाइनल इन्जुरी तथा न्युरोलोजिकल समस्या भएका बिरामीहरूलाई काठमाडौं वा साँगा धाउनुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ ।

केन्द्रले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई अस्पतालमा आधारित हेरचाह, पुनस्र्थापना तथा समुदायमा पुनर्एकीकरणको समग्र सेवा प्रदान गर्नेछ। समुदाय–आधारित पुनस्र्थापना मोडलका लागि चर्चित यो संस्थाले चितवन युनिटमार्फत मध्य नेपालमा पुनस्र्थापनाको नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेको जनाएको छ । स्पाइनल इन्जुरी संघ नेपालले देशका विभिन्न भागमा यस्ता सेवा विस्तार गर्ने योजनासहित चितवनबाट दोस्रो ठूलो युनिट शुरु गरेको हो ।