२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु



अ+ अ-

बागमती । बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५र२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचनाहरू हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका गुरूप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५र२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचनाहरू १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो भौतिक संरचना नहटाएकाले कार्यालयले डोजर प्रयोग गरेर संरचनाहरू हटाउन थालिएको प्रमुख अधिकारीले बताउनुभयो । सडक खाली गराउने क्रममा स्थानीयबाट अबरोध हुन सक्ने सम्भावना रहेकाले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ ।