२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन



अ+ अ-

मुस्ताङ। मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु चार अर्ब ४१ करोड राजस्व सङ्कलन गरेको छ ।

बाढीपहिरो र नदी कटानका कारण गत असार र भदौमा रसुवागढी नाका र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै यहाँको भन्सार कार्यालयको राजस्व सङ्कलनमा नयाँ उभार आएको हो ।

यहाँस्थित नेपाल–चीन मुस्ताङ भन्सार कार्यालयमार्फत रु नौ अर्ब ४८ करोड ३४ लाख बराबरको आर्थिक कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिनुभयो ।

गत ३० भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएका यहाँको कोरला नाकाबाट बिहीबारसम्ममा चीनतर्फबाट रु नौ अर्ब ३४ करोड बढीको मालसामान आयात भएका कार्यालयका सूचना अधिकारी सिंहले बताउनुभयो ।

उहाँका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारबाट जाँचपास भई आएका विद्युतीय सवारीसाधन र मालबस्तु कन्टेनर ढुवानीका साधन भित्रिएका र तीनको यहाँको भन्सारमा जाँचपास गरेर गन्तव्यतर्फ पठाइने गरिएको बताउनुभयो ।

यसैगरी नेपालबाट हस्तकलालगायत मालवस्तुको चीनतर्फ निर्यात प्रयोजनका लागि भन्सार जाँचपास गर्दा रु १४ करोड ३४ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी सिंहको भनाइ छ ।

यहाँको कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि गएको साँढे दुई महिनाको अवधिमा  यहाँको भन्सार कार्यालयमा एक हजार ७६१ वटा विद्युतीय सवारीसाधनको जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेका मुस्ताङ भन्सारले जनाएको छ । हालसम्म एक हजार बढी ढुवानीका साधनको भन्सार जाँचपास भइसकेका छन् ।

यहाँको मुस्ताङ भन्सार कार्यालयमा अझै १०० भन्दा बढी मालबाहक ढुवानीका साधन भन्सार जाँचपासको क्रममा रहेका सूचना अधिकारी सिंहले बताउनुभयो । उहाँका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारमा मालसामान ढुवानीका लागि करिब एक दर्जन बढी ढुवानीका साधन पुगेका र आंशिक रूपमा कोरला सडक हुँदै ढुवानीका साधन माथि आउने क्रममा रहेका सूचना अधिकारी सिंहले जानकारी दिनुभयो ।

यहाँको भन्सार कार्यालयमा १८ जनाको कर्मचारी दरबन्दी सृजना गरेको जनाइएको छ । यसअघि एक जना शाखा अधिकृत कार्यालय प्रमुख रहनेगरी सात जना दरबन्दी कायम रहेकामा उपसचिवस्तरको कार्यालय प्रमुख रहनेगरी १८ जनाको कर्मचारी दरबन्दी सृजना भएको मुस्ताङ भन्सारका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिनुभयो ।

भन्सार विभागले यहाँको भन्सारका लागि उपसचिवस्तरको एक जना कार्यालय प्रमुखसहित दुई जना शाखा अधिकृत, छ जना राजस्व हेर्ने नायब सुब्बा, एक/एक जना लेखपाल र कम्प्युटर अपरेटर, एक जना सवारी चालक र छ जना कार्यालय सहयोगीको दरबन्दी सृजना गरेको हो । रासस




भर्खरै