२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।

जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । यस्तै, माज सदाकतले ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन शून्य रनमा आउट भए । मयन यादव २७ रनमा अविजित रहे ।

बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुई–दुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक–एक विकेट लिए ।

यो खेल जितेमा लुम्बिनीले प्लेअफमा स्थान बनाउनेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न जनकपुरले भने यो खेलमा जित निकाल्नुपर्नेछ ।