८ असार २०८३, सोमबार
,
Latest
काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा



अ+ अ-

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छालाई निलम्बन गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाले राप्रपाको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको बताउनुभयो ।

आज प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० अनुसार राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को २ तथा प्रदेशसभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम विच्छालाई निलम्बन गरिएको उल्लेख छ ।

विच्छालाई पार्टीको नीतिविपरीत अनुशासन उल्लङ्घन गरेको भन्दै राप्रपाले पार्टी विधान २०४८ (संशोधनसहित) अनुसार छ महिनासम्म साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएकोसमेत जनाइएको छ ।