२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिमको अपराजित यात्रा कायमै छ । भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराएको हो । १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा १२० रनमै अलआउट भयो ।

उसका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६, कुशल मल्लले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका पुनित मेहराले तीन विकेट लिँदा हिक्मत महरा, अविनाश बोहरा, इशान पाण्डे र हरमित सिंहले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १६९ रन जोड्यो ।

उसका लागि क्रिश लिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनी रिटायर्ड हर्ट भए । ५६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अविजित २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ तथा पुनित मेहराले १३ रन जोडे ।

बलिङतर्फ चितवनका सैफ जइबले दुई तथा रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक–एक विकेट लिए ।

यसअघि नै प्लेअफमा स्थान बनाइसकेको सुदूरपश्चिमको ६ खेलबाट १२ अंक छ । टोलि शीर्षस्थानमा यथावत छ ।

सुदूरपश्चिमले अब क्वालिफायर-१ खेल्नेछ । यस जितले विराटनगर किंग्स पनि प्लेअफका लागि छनोट भएको छ । प्लेअफको चौथो स्थानमा लागि लुम्बिनी, पोखरा, चितवन र जनकपुरको सम्भावना बाँकी छ ।

पराजित चितवन समान खेलबाट ४ अंकका साथ अंकतालिकाको चैटौं स्थानमा छ । चितवनको प्लेअफ यात्रा भने निकै कठिन बनेको छ । टोलि अन्यको नतिजामा भर पर्नुपर्नेछ । चितवनले अब अन्तिम खेल पोखरा एभेन्जर्ससँग खेल्नेछ ।