काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले १७० रनको लक्ष्य खडा गरेको छ । टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १६९ रन जोड्यो ।
उसका लागि क्रिश लिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनी रिटायर्ड हर्ट भए । ५६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अविजित २४–२४ रन बनाउँदा विनोद भण्डारीले २१ तथा पुनित मेहराले १३ रन जोडे ।
बलिङतर्फ चितवनका सैफ जइबले दुई तथा रञ्जित कुमार र जर्ज स्क्रिम्शले एक–एक विकेट लिए ।










