२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः पोखरालाई हराउदै काठमान्डु प्लेअफमा



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजका स्पिनर साहब आलमको ह्याट्रिकसहित ६ विकेटमा पोखरालाई हराएको छ ।

खेलको अन्तिम ओभरमा आलमले लगातार तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १२ रनले हराएको हो । यो जितसँगै, काठमान्डु एनपीएलको प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।

लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ खेलमा जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । उता ६ खेलमा चौथो हार व्यहोरेको पोखराको भने ४ अंक मात्र छ ।

काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सबै विकेट गुमाउदै १५२ रन मात्र बनायो । पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरे। उनले ३१ बल खेल्दै ३ चौका र २ छक्कासहित ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन जोड्दा कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन बनाएर आाउट भए ।

बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए । यससगै, उनी जारी प्रतियोगितामा ६ विकेट लिने पहिलो खेलाडि बने । कप्तान करण केसी र सन्नी पटेलले दुई/दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले ओपनर बेन चार्ल्सवर्थ र भिम शार्कीको अर्धशतकम निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसको लागि भीम सार्कीले आक्रमक ब्याटिङ गरे । उनले १९ बलमै अर्धशतक पूरा गरे । उनले २२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए । यस्तै, चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । छैटौं विकेटका लागि भीम र चार्ल्सवर्थले ८४ रनको साझेदारी गरे ।

यस्तै, ओपनर आकाश त्रिपाठी शून्यमा आउट हुँदा रशिद खानले ७ रन, मिलिन्द कुमारले १३, जोन सिमसन २ र आदिल अन्सारीले ७ रन जोडे ।

बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिँदा कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले १/१ विकेट हात पारे।




भर्खरै