९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको त्रास: विश्वभर तीन हजारको मृत्यु, ९० हजार संक्रमित



अ+ अ-

कोरोना (कोभिड–१९) भाइरसबाट विश्वभर मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेकोे छ भने संक्रमितको संख्या झन्डै ९० हजार पुगेको छ । कोरोनाबाट चीनमा मात्र दुई हजार नौ सय १२ को मृत्यु भएको छ । भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी हुबेई प्रान्तका छन् । डिसेम्बरको अन्त्यबाट हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना संक्रमण ६० भन्दा बढी देशमा फैलिएको छ ।

चीनबाहेक विश्वका अन्य १२ देशमा पनि कोरोनाका कारण एक सयजनाको मृत्यु भइसकेको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । तर, बिबिसी र अमेरिकी सञ्चारमाध्यमले त्यहाँ मृत्यु हुनेको संख्या दुइ सय२० पुगेको दाबी गरेका छन् । इटलीमा ४८ घण्टामा संक्रमित दर दोब्बर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । इटलीमा कोरानाबाट अहिलेसम्म ४१ को मृत्यु भएको छ भने १७ सय
संक्रमित छन् ।

चीनपछि कोरोनाबाट सबैभन्दा बढी दक्षिण कोरिया प्रभावित छ । त्यहाँ दैनिक औसतमा पाँच सय संक्रमित हुने गरेका छन् । कोरोनाबाट कोरियामा अहिलेसम्म चार हजार तीन सय ३५संक्रमित र २६ को मृत्यु भइसकेको छ । कोरोना भाइरस संक्रमितको परिचय लुकाएको आरोपमा दक्षिण कोरियाका एक धार्मिक नेतासहित ११ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ ।

कोरोनाबाट जापानमा ६ जना र फ्रान्स हङकङ, अमेरिकामा दुई–दुईजनाको मृत्यु भएको छ । कोरोनाबाट थाइल्यान्ड, अस्ट्रेलिया, ताइवान, सानमारियो फिलिपन्समा पनि मृत्यु भएको छ ।बेलायतमा ३६ जनामा संक्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आपत्कालीन बैठक
बोलाएका छन् ।

भारतमा दुई संक्रमित

भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ । एकजना नयाँदिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । नयाँदिल्लीमा संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुबईबाट भारत फर्किएका थिए । यसअघि केरलामा भेटिएका तीन संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

अमेरिकामा थप एकको मृत्यु

कोरोनाले अमेरिकामा थप एकजनाको मृत्यु भएको छ । ७० वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएको हो । वासिंटन राज्यको किङ काउन्टीमा ती वृद्धको मृत्यु भएको हो । शनिबार पनि कोरोनाबाट वासिंटन राज्यमा एकजनाको मृत्यु भएको थियो । कोरोनाबाट अमेरिकामा अहिलेसम्म ३४ जना संक्रमित छन् ।

चीनको पछिल्लो अपडेट

  • सोमबार मृत्यु हुनेको संख्या: ३४
  • नयाँ संक्रमित: ५७७
  • कुल संक्रमित: ७९,८२८
  • अहिलेसम्म मृत्यु हुनेको संख्या: २,८७७
  • उपचारपछि घर फर्किएका: ४२,१०८
  • संक्रमणपछि गम्भीर बिरामी: ७,३६५ नयाँ पत्रिका दैनिक