काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत २१ औं खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा जारी छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा पोखराले आडम रोसिङ्टनको शतकमा कर्णालीलाई २०२ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन जोड्यो ।
रोसिङ्टनले शतकीय पारी खेले । उनले ५४ बलमा शतक बनाएका हुन् । ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । उनले ११ चौका र ७ छक्का प्रहार गरे ।
समग्र एनपीएलमा शतक बनाउने उनी तेस्रो खेलाडी हुन् भने जारी प्रतियोगितामा दोस्रो हुन् । यस्तै जेसन रोयले ४६ तथा कुशल भुर्तेलले १८ रन जोड्दा धनन्जय लक्षन २३ रनमा अविजित रहे ।
वलिङतर्फ कर्णालीका मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए ।










