२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आडमको शतकमा पोखराद्वारा कर्णालीसामु २०२ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत २१ औं खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा पोखराले आडम रोसिङ्टनको शतकमा कर्णालीलाई २०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन जोड्यो ।

रोसिङ्टनले शतकीय पारी खेले । उनले ५४ बलमा शतक बनाएका हुन् । ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

समग्र एनपीएलमा शतक बनाउने उनी तेस्रो खेलाडी हुन् भने जारी प्रतियोगितामा दोस्रो हुन् । यस्तै जेसन रोयले ४६ तथा कुशल भुर्तेलले १८ रन जोड्दा धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

वलिङतर्फ कर्णालीका मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए ।