६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेकपाको वामदेव गौतमलाई सांसद बनाउने निर्णय अलपत्र

नेकपाको वामदेव गौतमलाई सांसद बनाउने निर्णय अलपत्र
अ+ अ-

प्रधानमन्त्री पूर्ण स्वस्थ नभएसम्म सांसद बन्ने गौतमको सम्भावना टर्यो

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय भने अलपत्र परेको छ । पार्टी निर्णय कार्यान्वयन नगरी प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुँदै छ ।

पार्टी निर्णय कार्यान्वयनका लागि दबाब दिँदै आएका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरू पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाका कारण मौन बसेका छन् ।

वरिष्ठ नेता नेपालले तत्कालका लागि खतिवडालाई मन्त्रीमा निरन्तरता दिँदै गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी निर्णय पनि कार्यान्वयन गर्न ओलीलाई सुझाब दिँदै आएका थिए । तर, प्रधानमन्त्री ओली यो सुझाबमा पनि गएनन् । अब उनी पूर्ण स्वस्थ नभएसम्म सांसद बन्ने गौतमको सम्भावना टरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार गौतमको नाम अहिलेसम्म मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपति कार्यालयमा सिफारिस भएको छैन । नयाँ पत्रिका दैनिक