९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीले काठमाण्डुलाई दियो १५० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को १९औँ खेलमा आज कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।

बलिङतर्फ काठमाण्डुका राशिद खान सर्वाधिक दुई विकेट लिए । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । ‘प्लेअफ’मा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ ।

करण केसी नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीन खेल जितेर तेस्रो स्थानमा छ । ‘प्लेअफ’ यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।