१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

२३औँ जेसिज कप फुटबलको उपाधि केवी एकेडेमीलाई

२३औँ जेसिज कप फुटबलको उपाधि केवी एकेडेमीलाई
अ अ+ अ-

म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न भएको २३औँ अन्तर मावि जेसिज कप फुबवलको उपाधि केवी एकेडेमी दरबाङले हात पारेको छ ।

बेनीको खुला मञ्चमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध तीन गोल गर्दै केवी एकेडेमीले उपाधि चुमेको हो ।

केवी एकेडेमीले पहिलो पटक जेसिज कपको उपाधि हात पारेको हो । यसअघि १७औँ जेसिजमा उपविजेतामा चित्त बुझाएको केवीले २३औँ संस्करणमा उपाधि जित्न सफल भएको हो ।

सेमिफाइनलमा किसानी चन्द्राकुन्ता माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बेनी सामुदायिक र लिटल गार्डेन एकेडेमीलाई पेनाल्टी सुटआउटमा एकका विरुद्ध चार गोल गर्दै केवी एकेडेमी फाइनल प्रवेश गरेका थिए ।

विभिन्न १९ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम हुने केवीका विद्यार्थी खेलाडीलाई रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित रु ५५ हजार ५५५ र उपविजेता बेनी सामुदायिकका विद्यार्थी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित रु ३५ हजार ५३५ द्वारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा लिटल गार्डेन एकेडेमीका इशान सुवेदी राइजिङ प्लेयर, बेनी सामुदायिकमा विका साइरेश पुन उत्कृष्ट डिफेन्डर, केवी एकेडेमीका मौसम रोका उत्कृष्ट मिडफिल्डर, बेनी सामुदायिकका सन्दिप क्षेत्री उत्कृष्ट स्ट्राइकर, केवीका सञ्जन घर्ती उत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।

प्रतियोगिता अवधिमा पाँच÷पाँच गोल गर्न सफल केवीका खिमबहादुर थापा, माउण्ट एभरेष्टका सज्जन थजाली र लिटल गार्डेनका एलिन जुग्जाली सर्वाधिक गोलकर्ता घोषित भएका आयोजकले जनाएको छ । उत्कृष्ट कोचको पुरस्कार केवीका टण्डीन लामालाई प्रदान गरिएको छ ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजिङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगद रु दुई हजार ५०० सहित ट्रफीद्वारा पुरस्कृत गरिनुका साथै अनुशासित टिम घोषित निस्कोट माविलाई नगद रु पाँच हजारसहित सम्मान गरिएको प्रतियोगिताका संयोजक नविन पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

खेलाडीलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य भण्डारीले म्याग्दीमा फुटबलको विकासमा जेसिज कपको भूमिका महत्वपूर्ण रहेको बताउँदै युवालाई खेलकुदले एकता र सहकार्यको भावनामा जोडिन भूमिका खेलेको चर्चा गर्नुभयो । रासस