२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनीट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु



अ+ अ-

काठमाडौँ। काठमाडौँको गोदावरी नगरपालिका–६ शङ्खरापुर अस्पताल अगाडि मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

डोल्पा जिल्ला काईके गाउँपालिका–५ घर भई हाल काठमाडौँ नारायणटार बस्ने ७३ वर्षीया अमन्नी थापाको उपचारका क्रममा आज मृत्यु भएको उपत्यका टाफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शङ्खरापुर अस्पताल अगाडि बा १ क २४४६ नम्बरको निजी मिनीट्रकले बाटो काटिरहेको अवस्थामा निज पैदलयात्री थापालाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”

ठक्कर दिने मिनीट्रक चालक भक्तपुर मध्यपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय सुरामान शाहुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । रासस