२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

टियु मैदानमा जारी खेलमा पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन जोड्यो ।

उसका लागि आडम रोसिङ्टनले अर्धशतक बनाए । ६३ बल खेलेका उनले सात चौका र पाँच छक्काको मद्दतले ८१ रन जोडे । यस्तै जिम्मी निशमले पनि अर्धशतक बनाए । ३२ बल खेलेका उनी ५१ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल र सुमित वर्मा खाता पनि नखोली पभेलियन फर्किए ।

वलिङतर्फ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई दुई तथा गुलबदिन नइबले एक विकेट लिए ।

लुम्बिनीले चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ ।