१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा जनकपुर र सुदूरपश्चिम खेल्दै



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् ।

बिहान सवा ११ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन् । दिउँसो साढे ३ बजे सुरु हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने छन् ।

पोखरा र लुम्बिनीले अहिलेसम्म १–१ खेल मात्र जितेका छन् । पोखरा एभेन्जर्सले ३ खेल खेल्दा एक जित हात पारेको हो । दुई खेलमा पराजित भयो ।

यसैगरी लुम्बिनीले अहिलेसम्म ४ खेल खेल्दा एकमा मात्र जित हात पारेको छ । उ तीन खेलमा पराजित छ ।

पोखरा र लुम्बिनी अंक तालिकामा क्रमश: छैटौं र सातौं नम्बरमा छन् ।

साविक उपविजेता सुदूरपश्चिम भने अहिलेसम्म अपराजित छ । ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा छ ।

अर्कोतर्फ साविक विजेता जनकपुर बोल्ट्सले हालसम्म तीन खेल खेलेको छ । सबै खेलमा पराजित भएको जनकपुर अंक तालिकाको पुछारमा छ ।