१५ श्रावण २०८३, शुक्रबार
,
Latest
अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो : स्वास्थ्यमन्त्री डा गौतम



फाइल फोटो
अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य काम संस्थागत प्रणालीको सुदृढीकरण भएको बताउनुभएको छ ।

मन्त्रालयको आयोजनामा आज भएको राष्ट्रिय वार्षिक समीक्षा गोष्ठी (आव २०८१/८२) को उद्घाटन गर्दै उहाँले सरकार निर्वाचन गराउन जिम्मेवारी साथ सरकार गठन भए पनि सरकारको मुख्य काम संस्थागत प्रणालीमा सुधार गर्नु रहेको बताउनुभयो ।

भ्रष्टाचारको निर्मूल र बेथिति अन्त्य हुनुपर्ने कार्यादेश (म्यान्डेट) सहित सरकार गठन भएको उहाँको भनाइ छ । मन्त्री गौतमले आफू छोटो समय मन्त्रालयको नेतृत्व गर्न पाए पनि मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य र चार प्रदेश (लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम)को स्वास्थ्य सूचाङ्कलाई बढाउने रहेको बताउनुभयो ।

“स्वास्थ्य सूचाङ्क कमजोर रहेका चार प्रदेशमा कार्यक्रम प्रभावकारी कार्यन्वयन गर्दै लैजानु पर्दछ”, उहाँले भन्नुभयो, “प्रदेशभित्र पनि जिल्लाको स्वास्थ्य सूचाङ्कलाई पनि बढाउन आवश्यक रहेको छ ।”

मन्त्री डा गौतमले औषधि आपूर्ति र स्वास्थ्य बीमा कार्यक्रममा पनि धेरै नै समस्या देखिएकाले समस्या गरेर लैजाने बताउनुभयो । उहाँका अनुसार औषधि आपूर्तिमा अहिले विज्ञ राखेर काम भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई पनि अझ प्रभावकारी रूपमा लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले मन्त्रालयका कर्मचारीको काम गर्ने ऊर्जा र इच्छा देखाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गौतमले गत वर्षको प्रगति विवरण राम्रो देखिएको भन्दै ७२ प्रतिशत स्वास्थ्य संस्थाको भौतिक प्रगति र ८० प्रतिशत खर्च गरेर सुधार गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले स्रोत कटौती भएको अवस्थामा कार्यक्रमलाई प्रभावकारी रूपमा लैजानुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले अरु क्षेत्रले गरेका समस्याका कारणले स्वास्थ्य क्षेत्रमा आइपर्ने काम पनि मन्त्रालयले गर्नुपर्ने भएको भनेजस्तो काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्य बीमा बोर्डमा अस्पतालले दाबी गर्ने २५ प्रतिशत डुब्लिकेशन देखिएको बताउनुभयो । कार्यक्रममा सात प्रदेशका स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।