२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्रीलिङ खेलमा विराटनगरले कर्णालीलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा विराटनगर किङ्सले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरले कर्णाली याक्सलाई ३ विकेटले हराएको हो ।

१६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि बसिर अहमदले अर्दशतकीय इनिङ्स खेले । उनले अविजित ६२ रनको योगदान दिए । यस्तै नारायण जोशीले २५, शाहिल पटेलले १९, साम हिजलेटले १६ रन जोडे ।

वलिङतर्फ कर्णालीका गुलशन झा र सोमपाल कामीले दुई दुई विकेट लिए भने विलियम बोसिस्टो, पवन सर्राफ र नन्दन यादवले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन जोड्यो ।

उसका लागि प्रीयाङ्क पान्चालले अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा ६३ रनको योगदान दिए । यस्तै, विलियम बोसीस्टोले ४८, गुलशन झाले २० तथा नजिबुल्लाह जाद्रानले १२ रन जोडे ।

वलिङतर्फ विराटनगरका मर्चन्ट डे लाङ्ग र सन्दीप लामिछानेले एक एक विकेट लिए ।