१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्रीलिङ खेलमा विराटनगरले कर्णालीलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा विराटनगर किङ्सले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगरले कर्णाली याक्सलाई ३ विकेटले हराएको हो ।

१६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि बसिर अहमदले अर्दशतकीय इनिङ्स खेले । उनले अविजित ६२ रनको योगदान दिए । यस्तै नारायण जोशीले २५, शाहिल पटेलले १९, साम हिजलेटले १६ रन जोडे ।

वलिङतर्फ कर्णालीका गुलशन झा र सोमपाल कामीले दुई दुई विकेट लिए भने विलियम बोसिस्टो, पवन सर्राफ र नन्दन यादवले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन जोड्यो ।

उसका लागि प्रीयाङ्क पान्चालले अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा ६३ रनको योगदान दिए । यस्तै, विलियम बोसीस्टोले ४८, गुलशन झाले २० तथा नजिबुल्लाह जाद्रानले १२ रन जोडे ।

वलिङतर्फ विराटनगरका मर्चन्ट डे लाङ्ग र सन्दीप लामिछानेले एक एक विकेट लिए ।