१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत १६ औं खेलमा विराटनगर किङ्स र कर्णाली याक्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले विराटनगरलाई १६१ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन जोड्यो ।

उसका लागि प्रीयाङ्क पान्चालले अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा ६३ रनको योगदान दिए । यस्तै, विलियम बोसीस्टोले ४८, गुलशन झाले २० तथा नजिबुल्लाह जाद्रानले १२ रन जोडे ।

वलिङतर्फ विराटनगरका मर्चन्ट डे लाङ्ग र सन्दीप लामिछानेले एक एक विकेट लिए ।