६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जनतालाई खुसी पार्न नसके कम्युनिष्ट पार्टी पनि टिक्दैन : नेपाल

जनतालाई खुसी पार्न नसके कम्युनिष्ट पार्टी पनि टिक्दैन :  नेपाल
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी रहनको लागि जनता खुसी हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘आफ्नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिष्ट पार्टी पनि टिक्दैन, त्यो लोकपृय पनि हुँदैन । जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ । त्यो मन र भावनालाई बुझ्नालाई फेरीपनि मुल कुरा भनेको उही जनता नै केन्द्र हो ।’

उहाँले २१ औं सताब्दीको जनवादले प्रतिस्प्रधामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताउनुभयो । त्यसैले कम्युनिष्ट पार्टीका नेताले सर्वाहरा वर्गको नारा दिएर मात्र नहुने र आफुलाई प्रतिस्प्रधामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठुलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको बताउनुभयो । उहाँले जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सँधै जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत गाग्रित, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मुल पक्ष भएको बताउनुभयो। उहाँले जवज जनतालाई अधिकार सम्पन्न बनाउने विचार भएकाले चिन्तन काम र आचरण जनताबाट निर्देशित हुनुपर्ने बताउनुभयो । उहाँले सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न दुविधालाई समाप्त पार्दै जवज लाइटहाउसको रुपमा विकास भएको समेत बताउनुभयो ।