६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मास्क कालोबजारी गर्नेमाथि लाखौं रुपैयाँ जरिवाना

मास्क कालोबजारी गर्नेमाथि लाखौं रुपैयाँ जरिवाना
अ+ अ-

काठमाडौं । मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो। व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्। कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन्। व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ। विभागको टोलीले बिहीबार महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जारिबाना गराएको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताए। विभागको टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्टसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ। क्षेत्रपाटीको दीप सर्जिकल सप्लायर्सले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो। पसलको गोदाममा नियमन गर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो। विभाग टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो।

‘अहिले बजारमा आपूर्ति निकै कम भएको छ,’ सुवेदीले भने, ‘स्वदेशी उत्पादनकर्ता कम्पनीसँग कच्चा पदार्थ नभएर उत्पादन भएको छैन। चीन र भारतबाट आउन बन्द भएपछि स्वदेशी बजारमा भण्डारण गरी राखिएका मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी भएको हो।’ कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिँदै सुवेदीले नियमनमा धेरै टोली खटाउँदा बजार झनै आतंकित हुने बताए। गुनासो संकलन गर्न विभागले हट लाइन नम्बर ११३७ को व्यवस्था गरेको छ। मास्कको कालोबजारी भएको, व्यवसायीले कृत्रिम अभाव गरी अत्यधिक मूल्य असुल गरेको र व्यवसायीले बिक्री नगरेकोजस्ता विषयमा एक घण्टामै दुई सयवटा गुनासो उपभोक्ताबाट प्राप्त भएको छ।

उपभोक्तावादी प्रेमलाल महर्जनले मास्क र ह्यान्ड सेनेटाइजरको अभाव र कालोबजारी भइरहँदा विभागबाट खटिएको दुई टोलीले बजार नियन्त्रणमा लिन कठिन भएको बताए। ‘अराजक बजारलाई नियन्त्रणमा ल्याउन दैनिक कम्तीमा १० वटा टोली परिचालन गर्नुपर्छ,’ उनले भने।नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो। नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ। यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ।

एक स्वदेशी उद्योगबाट दैनिक करिब पाँच हजार मास्क उत्पादन हुन्छ। कच्चा पदार्थ उपलब्ध नहुँदा मागअनुसार उत्पादन हुन नसकेको श्रेष्ठले बताए। ‘कोरोना भाइरसको हल्ला चलेसँगै सर्वसाधारणले आवश्यकताभन्दा बढी खरिद गरेको र स्टकमा भएकाले कालोबजारी गरेका कारण अभाव सिर्जना भएको हो,’ श्रेष्ठले भने। नेपाल औषधि व्यवसायी संघले मास्क र ह्यान्ड सेनेटराइज ताइवान र बैंककबाट आयात गर्ने व्यवस्था मिलाइदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आगामी चार महिनाका लागि आवश्यक पर्ने औषधि मौज्दात रहेको बताए। ‘तर हल्लाका भरमा आवश्यकताभन्दा बढी औषधि खरिद गरी जम्माखोरी गरेको अवस्थामा केही प्रभाव पार्न सक्छ,’ आचार्यले भने, ‘औषधि निर्माण गर्न आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न जोड दिनुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिक