६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोना भाइरस प्रकोप: अमेरिकामा पनि संकटकाल घोषणा

कोरोना भाइरस प्रकोप: अमेरिकामा पनि संकटकाल घोषणा
अ+ अ-

वाशिङ्टन । कोरोना भाइरसको प्रकोप देखा परेपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा संकटकालको घोषणा गरिएको समाचार छ । अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डमा तीन जनामा यो भाइरसको संक्रमण देखिएको छ । मेरिल्याण्डका गभर्नर ल्यारी हेगनले यहाँ ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरे । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले पनि यो समाचारको पुष्टी गरेका छन् । ती संकास्पद व्यक्तिमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको छ भने अरु १७ जनामा सामान्य रुघोखोकी देखिएको हो । त्यसैगरी अरु ११ जना संकास्पद विरामीको भने उपाचार जारी रहेको बताइएको छ ।

गभर्नर हेगनले बिहीबार पत्रकार सम्मेलन गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा कोरोना पोजेटिभ रिपोर्ट देखिएको घोषणा गरेका हुन् । ती संक्रमितहरु विदेश भ्रमणबाट आएको बताइएको छ । संक्रमित हुनेमा एकजना ५० वर्षका पुरुष र अरु दुईजना दम्पत्ति हुन् । राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि मेरिल्याण्ड राज्यमा संकटकाल घोषणा गरिएको छ । अमेरिकामा यसअघि पनि कोरोनाको संक्रमण देखिसकेको छ । तर यहाँ एकैपटक यतिधेरैमा पोजेटिभ देखिएपछि संकटकाल नै लगाउनुपरेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अमेरिकामा कम्तिमा ९ जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ । यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यमा भने संकटकाल घोषणा गरिएको छ । त्यहाँ सबैभन्दा पहिला एक ७१ वर्षीयको ज्यान गएको थियो ।

चीनको वुहानबाट फैलिएको यो भाइरस हाल विश्वका करिब ८० देशमा फैलिएको छ । यो भाइरसको संक्रमण भएपछि खासगरी ज्वरो आउने, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखिन्छन् । अहिलेसम्म विश्वमा यो संक्रमणबाट ३ हजार ३०० भन्दा बढीको ज्यान गइसकेको छ । चीनमा मात्र यसबाट ३ हजार भन्दा बढीको ज्यान गएको छ । त्यसैगरी इटाली, इरान, दक्षिण कोरियामा पनि यसबाट नागरिकको ज्यान गएको छ ।