काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
केहीबेरमै सुरु हुने खेलमा चितवनले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका हुन् ।
चितवनले रिजन ढकालको स्थानमा रञ्जित कुमारलाई उतारेको छ भने विराटनगरले मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई स्थान दिएको छ ।
जारी प्रतियोगितामा विराटनगर अपराजित रहेको छ । उसले यसअघिका तिनै खेल जितेको छ । चितवनले दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ ।










