२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनविरुद्ध विराटनगरले टस जितेर फिल्डिङ रोज्यो



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

केहीबेरमै सुरु हुने खेलमा चितवनले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका हुन् ।

चितवनले रिजन ढकालको स्थानमा रञ्जित कुमारलाई उतारेको छ भने विराटनगरले मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई स्थान दिएको छ ।

जारी प्रतियोगितामा विराटनगर अपराजित रहेको छ । उसले यसअघिका तिनै खेल जितेको छ । चितवनले दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ ।