६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालमा एक जनामा भेटियो कोराना, पाँचजना टेकु अस्पतालमा

नेपालमा एक जनामा भेटियो कोराना, पाँचजना टेकु अस्पतालमा
अ+ अ-

काठमाडौं । नेपालमा अहिलेसम्म चार सय ५० व्यक्तिमा कोरोना परीक्षण भएको छ । एकजनामा मात्रै पोजेटिभ देखिएको छ । तर, उनी पनि सन्चो भएर घर फर्किसकेका छन् । कोरोना आशंकामा हाल पाँचजनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा कोरोनासँग तर्सिनुपर्ने अवस्था नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए । ‘विश्वका ९० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएको छ, तर नेपालमा अहिलेसम्म फैलिन पाएको छैन,’ उनले भने, ‘सरकारले नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएकाले आत्तिनुपर्दैन, सजगता भने अपनाउनुपर्छ ।’ उनले विमानस्थल र अन्य ठाउँमा गरी चार सय ५० जनाको र्याल, रगत र अन्य परीक्षण भएको बताए । अहिले पाँचजनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएकोमा अब कसैमाथि आशंका भए पाटन अस्पतालमा भर्ना गर्ने गरी आइसोलेसन वार्ड तयार पारिएको उनले बताए ।

कोरोनाको संक्रमणबाट बच्ने नाउँमा सबैले मास्क लगाउनुनपर्ने पाण्डेको भनाइ छ । ‘जो बिरामी हुन् या बिरामी हेरिरहेका स्वास्थ्यकर्मी हुन्, उनीहरूलाई मास्क अनिवार्य हो,’ उनले भने, ‘बाँकी सामान्य स्वास्थ्य अवस्था भएकाहरूले मास्क लगाउनुपर्दैन, सबैले एकैपटक मास्क खोजी गर्दा अभाव छ, अभावबीच एउटै मास्क लामो समयसम्म प्रयोग गर्दा झन् अर्को स्वास्थ्य समस्या ल्याउन सक्छ ।’

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेपछि सरकारले सतर्कता अपनाएकोे, तर आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘कोरोनाको संक्रमण एक प्रकारको महामारी हो, आउनै सक्दैन भन्ने छैन, त्यसैले थोरै सजगता अपनाउनु जरुरी छ, तर आत्तिनुपर्ने अवस्था पनि छैन,’ उनले भने ।

सरकारले कोरोना भाइरसका कारण सम्भावित जोखिम कम गर्न देशैभरि सचेतना र सजगतामा जोड दिएको श्रेष्ठले बताए । सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले समेत कोरोना भाइरसको संक्रमणबाट सजग रहन, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न भन्दै सूचित गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनाबारे भ्रामक प्रचारले राजधानीको बजार प्रभावित भएको भन्दै ३२ वटै वडामा सचेतनामूलक कार्यक्रम गर्ने बताए । उनले सामाजिक सञ्जालमा आउने अनेक भ्रामक प्रचारको पछि नलागी भरपर्दा सञ्चार माध्यम र आधिकारिक निकायबाट प्राप्त समाचार र सन्देशलाई मात्रै अपनाउन आग्रह गरे । ‘वनको बाघले होइन, अहिले मनको बाघले खाला भन्ने देखियो, सर्वसाधारणको मनमा अनावश्यक त्रास फैलिएको छ, सबै जनप्रतिनिधि र स्वास्थ्यकर्मीले त्यसलाई हटाउन सचेतना फैलाउनुस्,’ राजधानीमा शुक्रबार भएको सचेतना कार्यक्रममा निर्देशन दिँदै भने ।

स्वास्थ्य मन्त्रालयले कोरोनाबारे सचेतना जगाउन प्रदेशमा पनि विशेषज्ञ स्वास्थ्यकर्मी पठाएको छ । एक सातादेखि उनीहरू प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरूलाई तालिम दिइरहेका छन् । प्रदेश नम्बर १ मा व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेल, प्रदेश २ मा डा. अमृत पोखरेल, बागमतीमा डा. वासुदेव पाण्डे, गण्डकीमा राजकुमार पोखरेल, प्रदेश ५ मा चूडामणि भण्डारी, सुदूरपश्चिममा डा. हेमन्त ओझालाई पठाएको छ । उनीहरूले प्रदेशका सबै मन्त्री, सचिव, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, होटेल व्यवसायी, पत्रकार र नाकामा खटिएका स्वास्थ्यकर्मीसँग प्रत्यक्ष छलफल गरिरहेका छन् ।

सुरक्षा उपकरण सहयोग

कोरोना नियन्त्रणका लागि अमेरिकाले व्यक्तिगत सुरक्षा उपकरण फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट ९पिपिई० सहयोग गरेको छ । युएसएआइडीकी निमित्त मिसन निर्देशक एड्रियाना हएसले स्वास्थ्य सचिव यादव कोइरालालाई तीन हजार मास्क, २५ सय मास्क, दुई हजार जुत्ता ढाक्ने खोल, २१ सय सर्जिकल टोपी, एक हजार ट्राउजर तथा ट्युनिक र १० थान थर्मो फ्ल्यास थर्मोमिटर सहयोग गरेको हो । त्यस्तै, विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि एक हजार पिस पिपिई सहयोग गरेको छ । सरकारले तत्काल खरिद गर्न नसकेपछि दाताहरूको सहयोगमा सेवा प्रवाह भइरहेको छ । व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले शुक्रबार विमानस्थलमा रहेका स्वास्थ्यकर्मीलाई मास्क र व्यक्तिगत सुरक्षा उपकरणबारे जानकारी गराएको बताए ।

‘औषधि अभाव हुँदैन’

नेपाल औषधि उत्पादक संघले नेपालीलाई ६ महिना पुग्ने औषधि रहेको भन्दै नआत्तिन अनुरोध गरेको छ । ‘जस्तोसुकै प्रकोप देखिए पनि हामी नेपालमा औषधिको अभाव हुन दिन्नौँ,’ संघले भनेको छ । कोरोना भाइरसका कारण अत्यावश्यक औषधिको अभाव हुने त्रास फैलिँदा संघले पर्याप्त औषधि रहेकाले ढुक्क हुन सबैलाई आग्रह गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका तत्कालीन अध्यक्ष दीपक दाहालले तीन महिनालाई पुग्ने औषधि बजारमा मौज्दात रहेको बताए । ‘बजारमा तीन महिनालाई पुग्ने औषधि मौज्दात छ,’ उनले भने, ‘त्यसबाहेक तीन महिनालाई पुग्ने कच्चापदार्थ उद्योगहरूसँग छ, त्यसैले ६ महिनालाई औषधि पुग्छ ।’

एसइई ६ चैतबाटै

शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) पूर्वनिर्धारित मितिबाटै हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै एसइई परीक्षा ६ चैतदेखि नै हुने जनाएको हो । एसइईबारे परीक्षा हुनेरनहुने भ्रममा नपर्न मन्त्रालयले विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ । यसअघि मन्त्रालयले सूचना जारी गर्दै विद्याालयस्तरीय परीक्षा ५ चैतभित्र सक्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह भने स्थगित भएको छ । न्याम्सले विज्ञप्ति जारी गर्दै ७ चैतमा हुने भनेको तेस्रो दीक्षान्त समारोह स्थगित भएको जानकारी दिएको हो ।

‘आन्तरिक उडानमा ४ अर्बभन्दा बढी नोक्सान’

वायुसेवा सञ्चालक संघले यात्रु थोरै भए जहाज ग्राउन्डेड गर्ने, कर्मचारीलाई विनातलब छुट्टी लिन प्रोत्साहन गर्ने र सेवासुविधा कटौती गर्ने निणर््य गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यात्रुको संख्या घटेकाले कर्मचारीलाई बेतलबी बिदा दिनुपर्ने अवस्था आएको जनाएको छ । आन्तरिक हवाई उडानमा ४ अर्बभन्दा बढी आम्दानी घट्ने भन्दै एयरलाइन्सहरूले सरकारसँग सहुलियत मागेका छन् ।

संघले वायुसेवा प्रदायकहरूले बैंकलाई तिर्नुपर्ने ब्याजलाई नेपाल राष्ट्र बैंकमार्फत रिफाइनान्स गरी भुक्तानीको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । त्यस्तै, अमेरिकी डलरमा लिइएको ऋण रकमको साँवा र ब्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनुपर्ने, हवाई इन्धनमा मूल्य अभिवृद्धि कर हटाउने र हवाई इन्धनको मूल्य ३० प्रतिशत घटाउनुपर्ने संघको माग छ ।

संघले नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीलाई मान्यता दिएर कम्तीमा १ महिनाको क्रेडिट पिरियड दिनुपर्ने, वायुयानका पार्टपुर्जाहरूमा दिइँदै आएको मूल्य अभिवृद्धि कर छुट हुनुपर्ने मागसमेत गरेको छ । वायुयान अवतरण, विमान तथा एयर नेभिगेसन शुल्क २०२० भरि पूरै छुट हुनुपर्ने संघको माग छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।