३० श्रावण २०८३, शनिबार
,
Latest
बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामति क्षेत्रमा मुख्यसचिव अर्यालले दिएको योगदान अनुकरणीय: प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।

बुधवारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालको विदाईका लागि मंगलवार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उहाँको भनाइ छ । उहाँले अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिवद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामति सेवामा महत्वपूर्ण छाप छोडेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ अत्यन्त मेहेनती  र परिश्रमी हुनुहुन्छ । लक्ष्य प्राप्तिका लागि उहाँले गरेको प्रयास अनुकरणीय छ । निजामति सेवाको असल अनि कुशल प्रसाशकको रुपमा आफ्नो छाप छोड्नुभएको छ । मैले पनि कुनैबेला निकै लगनशील भएर काम गरेको छु । मुख्यसचिवज्यूले आफूलाई अनुशासित बनाउनुभयो । उहाँले जीवनभर काम गर्नुभयो अहिले पनि उहाँ कामै गर्न नसक्ने अवस्थामा पुग्नुभएको छैन । उहाँसँग अझै २० वर्ष काम गर्नसक्ने क्षमता छ ।’

प्रधानमन्त्री कार्कीले अर्यालसँग अझै २० काम गर्नसक्ने क्षमता रहेको समेत उल्लेख गर्नुभयो । उहाँले अर्यालसँग काम गर्दा आफ्नै भाईजस्तो महशुस गरेको कारण कार्यसम्पादनमा सहजता भएको पनि उल्लेख गर्नुभयो ।