६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ

सरकार असफल भए विदेशी हस्तक्षेप वा  प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ
अ+ अ-

काठमाडौँ । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गर्नुभएको छ ।

शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणको लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्नुभयो । मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भुमिका असाधारण रहेको उल्लेख गर्दैै उहाँले लोकतन्त्रको स्थापनासँग सवैभन्दा विकसित तवरले अघि बढेको नै प्रेस जगत भएको बताउनुभयो ।

सूचना प्रविधिको विकास सँगै अझ वढी प्रेस जगतको आवश्यकता बढेको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको बताउनुभयो । नेपालको सामाजिक, आर्थिक, सास्कृतिकलगायतका क्षेत्रहरुको रुपान्तरणको लागि महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनका पत्रकाहरुको रहेको उल्लेख उहाँले गर्नुभयो । क्रियाशिल, अध्ययनशिल, जिम्मेवारशिल हुनुपर्नेमा जोड दिँदै उहाँले तथ्य र वस्तुगत कुराहरुको आत्मसात् गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो ।

अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उहाँले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिनुभयो । राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने समेत उहाँले दावी गर्नुभयो ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पुरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनैतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार भएको बताउनुभयो । क्रान्तिको नयाँ मोडेलमा नेपाल अघि बढेको बताउँदै उहाँले विश्वभरिका न्याप्रेमी शक्तिहरु सफलताको कामना गरिरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ बाटोका साथमा अघि बढ्दै विश्वमा नयाँ प्रयोग तथा विस्तार हुने डरले कतिपय पुँजीपति वर्ग तथा साम्राज्यवादी शक्तिहरु असफल बनाउन गिद्धेनजरले हेर्दै असफलता बनाउन लागि परिरहेकाले त्यसलाई विशेष रुपमा सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै कार्यक्रममा एकिकृत रुपमा निर्माण भएको प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीको साथमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको समेत सपथ ग्रहण समेत सम्पन्न भएको छ ।