६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दैनिक ११ करोड मास्क उत्पादन गर्दै चीन

दैनिक ११ करोड मास्क उत्पादन गर्दै चीन
अ+ अ-

पइचिङ । कोरोना भाइरस (कोविड–१९) को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ। यो कोविड–१९ संक्रमितबाट श्वासप्रश्वासको माध्यमबाट तुरुन्तै सर्ने भएकाले सबैभन्दा सुरक्षित रहने उपाय भनेको मास्क लगाउनु हो। यस संक्रमण फैलिएदेखि नै चीनमा मास्कको अभाव भएको थियो। हाल चीनले दैनिक ११ करोड थानभन्दा बढी मास्क उत्पादन गर्न थालेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी)ले चीनमा मास्कको दैनिक उत्पादन फेब्रुअरीको अन्तदेखि ११ करोड ६० लाख थानभन्दा बढी पुगेको जनाएको छ। महामारीको प्रारम्भिक अवस्थामा मास्कलगायतको अभावले चिकित्साकर्मी तथा सर्वसाधारणको जीवनमाथि प्रभाव पारेको थियो।

हाल आपूर्ति र मागको दूरीलाई प्रभावकारी रूपमा कम गरेको जनाइएको छ। एनडीआरसीका अनुसार गत शनिबारबाट दैनिक ११ करोड ६० लाख थान मास्क उत्पादन भइरहेका छन्। जुन फेब्रुअरी १ को तुलनामा १२ गुणा बढी हो। दैनिक लाखौं मास्क आवश्यक भएपछि चीनले धमाधम उत्पादन बढाएको हो। कतिपय अरू किसिमका कारखानामा समेत मास्क उत्पादन यन्त्र स्थापना गरी मास्क उत्पादन गरिरहेको छ। गत फेब्रुअरी १९ तारिखबाट शाङहाई मोटर लिमिटेड समूह मातहतको बुलिङ कम्पनीले समेत मास्क उत्पादन गर्दै मास्क उत्पादन गर्ने चीनको पहिलो मोटर व्यवसाय बनेको छ।

यसैगरी राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी २४ तारिख आयोजित कोविड ९१९ को प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासलाई अघि बढाउने कार्य सम्मेलनलाई सम्बोधन गर्दै चिकित्सा क्षेत्रमा प्रयोग गरिने प्रतिरोधात्मक पोशाक र मास्क लगायतका सामग्री उत्पादन गर्ने उद्योगलाई चाँडै उत्पादन पुनः शुरु गर्न र विविध तरिकामार्फत उत्पादन क्षमता बढाउन आग्रह गरेका थिए। हाल चीन तत्काल आवश्यक पर्ने मेडिकल मास्कको माग पूरा गर्न सक्षम भएको छ। एनडीआरसीका अधिकारीले महामारी फैलिने जोखिमका बाबजुद सरकारले काम पुनः शुरु गर्न र उत्पादन पुनः बहाली गर्न प्रयास जारी राख्नु आवश्यक भएको बताएका छन्।

उनले भने, ‘यदि हामीले त्यसो गरेनौं भने हामी कोरोना भाइरसको प्रकोपविरुद्ध लड्न चिकित्सकीय सुरक्षात्मक उपकरणको आवश्यकता पूरा गर्न सक्षम हुन सक्दैनौं। लामो समयसम्म दैनिक आवश्यक सरसामानको अभाव हुन सक्छ।’ यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले बिहीवार चीनले मास्क र सम्बन्धित कच्चा मालको निर्यातमा प्रतिबन्ध नलगाएको जनाएको छ। मन्त्रालयका अनुसार चीनमा मास्कको माग अझै पनि उच्च छ र हाल ठूलो संख्यामा उद्योगहरूले ठूलो परिमाणमा काम गर्न थालेका छन्। अन्नपुर्णपोष्ट दैनिक