९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक ११ करोड मास्क उत्पादन गर्दै चीन



अ+ अ-

पइचिङ । कोरोना भाइरस (कोविड–१९) को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ। यो कोविड–१९ संक्रमितबाट श्वासप्रश्वासको माध्यमबाट तुरुन्तै सर्ने भएकाले सबैभन्दा सुरक्षित रहने उपाय भनेको मास्क लगाउनु हो। यस संक्रमण फैलिएदेखि नै चीनमा मास्कको अभाव भएको थियो। हाल चीनले दैनिक ११ करोड थानभन्दा बढी मास्क उत्पादन गर्न थालेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी)ले चीनमा मास्कको दैनिक उत्पादन फेब्रुअरीको अन्तदेखि ११ करोड ६० लाख थानभन्दा बढी पुगेको जनाएको छ। महामारीको प्रारम्भिक अवस्थामा मास्कलगायतको अभावले चिकित्साकर्मी तथा सर्वसाधारणको जीवनमाथि प्रभाव पारेको थियो।

हाल आपूर्ति र मागको दूरीलाई प्रभावकारी रूपमा कम गरेको जनाइएको छ। एनडीआरसीका अनुसार गत शनिबारबाट दैनिक ११ करोड ६० लाख थान मास्क उत्पादन भइरहेका छन्। जुन फेब्रुअरी १ को तुलनामा १२ गुणा बढी हो। दैनिक लाखौं मास्क आवश्यक भएपछि चीनले धमाधम उत्पादन बढाएको हो। कतिपय अरू किसिमका कारखानामा समेत मास्क उत्पादन यन्त्र स्थापना गरी मास्क उत्पादन गरिरहेको छ। गत फेब्रुअरी १९ तारिखबाट शाङहाई मोटर लिमिटेड समूह मातहतको बुलिङ कम्पनीले समेत मास्क उत्पादन गर्दै मास्क उत्पादन गर्ने चीनको पहिलो मोटर व्यवसाय बनेको छ।

यसैगरी राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी २४ तारिख आयोजित कोविड ९१९ को प्रतिरोध र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासलाई अघि बढाउने कार्य सम्मेलनलाई सम्बोधन गर्दै चिकित्सा क्षेत्रमा प्रयोग गरिने प्रतिरोधात्मक पोशाक र मास्क लगायतका सामग्री उत्पादन गर्ने उद्योगलाई चाँडै उत्पादन पुनः शुरु गर्न र विविध तरिकामार्फत उत्पादन क्षमता बढाउन आग्रह गरेका थिए। हाल चीन तत्काल आवश्यक पर्ने मेडिकल मास्कको माग पूरा गर्न सक्षम भएको छ। एनडीआरसीका अधिकारीले महामारी फैलिने जोखिमका बाबजुद सरकारले काम पुनः शुरु गर्न र उत्पादन पुनः बहाली गर्न प्रयास जारी राख्नु आवश्यक भएको बताएका छन्।

उनले भने, ‘यदि हामीले त्यसो गरेनौं भने हामी कोरोना भाइरसको प्रकोपविरुद्ध लड्न चिकित्सकीय सुरक्षात्मक उपकरणको आवश्यकता पूरा गर्न सक्षम हुन सक्दैनौं। लामो समयसम्म दैनिक आवश्यक सरसामानको अभाव हुन सक्छ।’ यसैबीच चिनियाँ वाणिज्य मन्त्रालयले बिहीवार चीनले मास्क र सम्बन्धित कच्चा मालको निर्यातमा प्रतिबन्ध नलगाएको जनाएको छ। मन्त्रालयका अनुसार चीनमा मास्कको माग अझै पनि उच्च छ र हाल ठूलो संख्यामा उद्योगहरूले ठूलो परिमाणमा काम गर्न थालेका छन्। अन्नपुर्णपोष्ट दैनिक