१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

प्रशासनिक कार्यान्वयनमा संघीयता पूर्ण असफल भएको मुख्यसचिवको स्वीकारोक्ति

प्रशासनिक कार्यान्वयनमा संघीयता पूर्ण असफल भएको मुख्यसचिवको स्वीकारोक्ति
अ अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले संघीयता कार्यान्वयनको क्रममा तीन तहका सरकारबीच अधिकार क्षेत्रको स्पष्टता नहुनु र कानून निर्माण प्रक्रियामा देखिएको अराजकता नै वर्तमान समयको सबैभन्दा ठूलो समस्या रहेको बताउनुभएको छ ।

नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको “वित्तीय स्रोत व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग” विषयक छलफल कार्यक्रममा मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र कार्यान्वयनमा देखिएको अन्योलले विकास निर्माणदेखि सेवा प्रवाहसम्म सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्नुभयो । संघीयता कार्यान्वयनमा प्रशासनिक क्षेत्र र प्राकृतिक स्रोत बाँडफाँडमा अझै सहजता कायम हुन नसकेको उहाँको भनाइ छ । मुख्यसचिव अर्यालले प्रदेश र स्थानीय तहले कानून निर्माण गर्दा माथिल्लो तहको कानूनलाई ध्यान नदिने तथा एकअर्कासँग बाझिने गरी अझ ‘प्रोएक्टिभ’ कानून बनाउने प्रवृत्तिका कारण धेरै विषय टुंगोमा पुग्न नसकेको बताउनु भयो । उहाँले संघीयता जनताको घरदैलोमा सेवा पु¥याउने उद्देश्यले ल्याइएको भएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा सेवा प्रवाहमा दोहोरोपन (डुप्लिकेसन) देखिएको र जनताले दुःख पाएको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशले कानून बनाउँदाखेरी संघीय कानूनलाई विचार नगर्ने, स्थानीय तहले कानून बनाउँदा प्रदेश र संघीय कानूनको भन्दा प्रोएक्टिभ भएर कानून बनाउने जुन खालको प्रचलन छ, त्यो कारणले यी विषयहरूमा हामी टुङ्गोमा पु¥याउन सकिएको छैन । राजनीतिक रूपमा संघीयता सफल हुँदै गयो, तर प्रशासनिक हिसाबमा नेचुरल रिसोर्सको बाँडफाँडमा जुन सरलता पाउनुपथ्र्यो, त्यो दिन सकिएन । हिजो गाउँमा जेटीए वा पशु चिकित्सकलाई फोन गरे पुग्थ्यो, सेवा तुरुन्तै आउँथ्यो। अहिले ज्ञान केन्द्र भन्या छ, स्थानीय तह भनेको छ – अब कताबाट जनताले सेवा पाउने हो ?”

प्राकृतिक स्रोतको उपयोगमा पनि गम्भीर जटिलता रहेको उहाँले औंल्याउनु भयो । संविधानका अनुसूभिमा उल्लेखित अधिकारको बाँडफाँड तथा परिचालनमा मात्र नभई सेवा प्रवाहका अन्य धेरै विषयमा पनि जनतालाई अपेक्षित सुविधा दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो । कर कसले लिने, कति प्रतिशत कसलाई जाने भन्नेमा विवाद र दोहोरो करको समस्या रहेको तथा नेतृत्वमा अझै “जनताकेन्द्रित सेवा प्रवाह” को भावना र समन्वयात्मक सोचको कमी रहेको उहाँको भनाइ थियो । संघीयता कार्यान्वयनका जटिलता हटाई सेवा प्रवाह प्रभावकारी बनाउन तीनै तहका सरकारबीच थप समन्वय र स्पष्ट नीतिगत मार्गदर्शन आवश्यक रहेको मुख्यसचिव अर्यालले जोड दिनुभयो ।