एजेन्सी । भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन जारी छ ।
दिल्ली सरकारले सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । यसप्रकारको निर्णयले कोरोनाले थलिएर एकपटक माथि उठेको बलिउडमा फेरि धक्का पुगेको छ ।
रिलिजका लागि तयार भएका बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति धमाधम पोेष्टपोन्ड हुन थालेका छन् ।
यसै साता रिलिज हुन लागेको प्रतीक्षित फिल्म ‘आरआरआर’ पनि पोष्टपोन्ड भएको छ । भारतमा कोेरोना संक्रमितको संख्या बढेपछि यो चलचित्रकोे प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।
एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतको अभिनय छ ।
चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले ठूलो धनराशी खर्च गरिसकेको थियो । यस्तै, चलचित्रको अमेरिका प्रिमियरका लागि १० लाख भन्दा बढी टिकट पनि बिक्री भइसकेको थियो ।