१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरः ‘आरआरआर’को रिलिज फेरि ‘पोस्टपोन्ड’



अ+ अ-

एजेन्सी । भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन जारी छ । 

दिल्ली सरकारले सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । यसप्रकारको निर्णयले कोरोनाले थलिएर एकपटक माथि उठेको बलिउडमा फेरि धक्का पुगेको छ । 

रिलिजका लागि तयार भएका बलिउड तथा साउथका चलचित्रहरुको प्रदर्शन मिति धमाधम पोेष्टपोन्ड हुन थालेका छन् ।

यसै साता रिलिज हुन लागेको प्रतीक्षित फिल्म ‘आरआरआर’ पनि पोष्टपोन्ड भएको छ । भारतमा कोेरोना संक्रमितको संख्या बढेपछि यो चलचित्रकोे प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो । 

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतको अभिनय छ ।

चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले ठूलो धनराशी खर्च गरिसकेको थियो । यस्तै, चलचित्रको अमेरिका प्रिमियरका लागि १० लाख भन्दा बढी टिकट पनि बिक्री भइसकेको थियो ।