६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पुष्पा भुषालको प्रश्न : नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?

पुष्पा भुषालको प्रश्न : नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले महिलामाथि हुने विभेदको अन्त्य गर्न समाज रुपान्तरण गर्न आवश्यक रहेको औंल्याईन् । उनले महिलापनि यो देशको प्रधानमन्त्री बन्न योग्य रहेको स्पष्ट पारिन् ।

आफूहरुले ठूलो संघर्ष र आन्दोलनबाट अहिलेको अधिकार र अवसर प्राप्त गरेको सुनाउँदै अझैपनि संघर्षको यात्रामा विश्राम नलागेको उनको भनाई छ । भुषालले भनिन्,‘हामीले सडक र सदनमा संघर्ष गरेका छौं । हिजोको परम्परागत भूमिकासँगै अब आधुनिक भूमिका निर्वाह गर्नुपर्छ । हामीले राजनीतिक अधिकार नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

उनले संविधानमै लेखेको महिला अधिकारको कुरा पालना गर्ने सवालमा सरकार किन उदासिन भएको भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘उपसभामुख पनि पुरुष हुनुपर्छ भनेर संविधानमा व्यवस्था गरेको भए अहिले यो पद खाली नै हुँदैनथियो । तर, महिला हुनुपर्ने व्यवस्था गरेकोले अहिलेसम्म विलम्ब भएको छ । पुरुष नभएर महिला हुनुपर्ने व्यवस्था भएको कारण उपसभामुखको पदमुपुर्तीमा विलम्ब भएको हो । पुरुष हुने व्यवस्था भएको भए अहिलेसम्म उपसभामुख पदासिन भैसक्नुहुन्थ्यो ।’

उनले महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसो गरिए महिलाहरुले आरामदायी मत हाँसिल गर्नसक्नेपनि तर्क गरिन् । उनले संघीय संसदमा पनि कुनैपनि पुरुष सांसदभन्दा महिला सांसदहरुको भूमिका कम नभएको जिकिर गरिन् । उनले समानुपातिक सांसदहरुको लागि बजेटमै विभेद गरिएको पनि गुनासो पोखिन् । उनले महिलाहरु पनि चुनाव जितेर आएको सुनाउँदै भोलिका दिनमा पनि चुनाव जित्न सक्षम रहेको बताईन् । तर, नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ? भनेर पनि उनले प्रश्न तेसाईन् । महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गरिए आफूहरुले प्रत्यक्ष निर्वाचनमा भाग लिनेपनि उनले स्पष्ट पारिन् ।

उनले नेपालमा महिलाहरु पनि प्रधानमन्त्री बन्न योग्य रहेको सुनाईन् । उनले भनिन्,‘प्रधानमन्त्री हुनको लागि हामीसँग योग्यता, क्षमता छ । हामीले उत्साहपूर्ण भूमिका निर्वाह गरिरहेका छौं ।’ उनले अहिले राज्यको हरेक निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागिता संविधानमै सुनिश्चितता भएको उल्लेख गर्दै आगामी दिनमा पनि महिलाहरु एक भएर जानुपर्नेमा जोड दिईन् ।

त्यस्तै, उनले धेरै कानून तथा ऐन बन्दापनि महिला हिंसा र अपराधका घट्ना नघटेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा सरकारले कानून कार्यान्वयनमा ध्यान दिनुपर्ने बताईन् । उनले भनिन्,‘राज्यले अपराधीलाई फाष्ट ट्रयाकबाट सजाय दिनुपर्छ । यस्तो गर्न सकियो भनेमात्रै अपराधका घट्ना घट्छन् । अहिलेपनि महिलाहरुमाथि शारिरिक तथा मानसिक यातनाका घट्ना बढेकोमा उनको चिन्ता छ ।