६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेका युवामा कोरोना पोजेटिभ

नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेका युवामा कोरोना पोजेटिभ
अ+ अ-

सिंगापुर ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेका विद्यार्थीलाई यात्रामै भाइरस सरेको आशंका

नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ । अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए । हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए । उनले भने, ‘हामीले नेपाली दूतावाससँग ती व्यक्तिको विस्तृत विवरण मागेका छौँ, हामीले मागेको विवरण प्राप्त भएपछि मात्रै विस्तृत भन्न सक्छौँ ।’ स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि संक्रमित व्यक्तिको पहिचान खुलिनसकेको बताए । ती व्यक्ति नेपालमा कहाँ बसेको थिए र को को संग सम्पर्कमा थिए भन्ने खोजी भइरहेको र विश्व स्वास्थय संगठनले उनका बारेमा जानकारी लिन थालेको पनि कोइरालाले बताए ।

ती युवा सिड्नी हुँदै होबार्ट भन्ने ठाउँमा पुगेका छन् । यो मेनल्याण्ड अस्टेलियाबाट २४० किलोमिटर दक्षिणमा छ । त्यहाँका पब्लिक हेल्थ सर्भिससम्बन्धी निर्देशक मार्क भेइटेकले अस्टेलियाको एबीसी अनलाइनमा भनेका छन्, यी व्यक्ति सिंगापुर र सिड्नी हुँदै आइपुगेका छन् । यहाँ आएको भोलिपल्टबाट उनलाई रुघाजस्तो लक्षण देखिए पनि उनले काम गरिरहे र कलेज पनि गइरहेको सूचना पाएका छौँ । संक्रमित नेपाली युवाले होबार्टको ग्रान्ड चान्सलर होटल तथा होठलको रेस्टुरेन्ट तासमानमा काम गर्ने गरेको पनि निर्देशक मार्कको भनाई छ । उनले १७ र १८फागुनमा होटलमा साँझ पाँचबजदेखि ११ बजेसम्म काम गरेको रेकर्ड देखिएको छ । होटलले ती नेपालीसँग सम्पर्क भएक स्टाफ र विद्यार्थीसँग सम्पर्क गरेको छ ।

ती व्यक्ति २३ फागुनमा कार्गो रेस्टेरेन्ट एण्ड ओ बारमा राती १० बजेदेखि विहान २ बजेसम्म रहेको पनि समाचारमा उल्लेख छ । उनी छोटो समय पार्लियामेन्ट लावन्जमा रहेको पनि उल्लेख छ । उनको रोयल होबार्ट हस्पिटलमा २३ फागुनमा थप स्वास्थयजाँच भएको थियो । जहाँ उनलाई कोरोना भाइरसको लक्षण पुष्टि भएको थियो । उनलाई आफैँ आइसोलेसनमा घरमा बस्न चिकित्सकले सल्लाह दिएका थिए । तर उनले चिकित्सकको सल्लाह नमानेको र कारण थाहा नभएको विवरण नेपाली दूताबासले परराष्ट मन्त्रालयलाई पठाएको छ ।

उनको परिवारका चारजना र तीनजना साथीहरू १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको चिकित्सकहरूले जनाएका छन् । उनी कलेज र रेस्टुरेन्टमा गएको बिषयमा अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले उनी आइडियल कलेजको विद्याथई रहेको, कलेजमा यसबीचमा उनी दुईपटक उपस्थित भएको जानकारी पाएको तथा कलेजका स्टाफसँग थप सोधपुछ भइरहेको जनाएको छ ।

आइडिएल कलेजको कोर्स कोअर्डिनेटर सुसान वांगले भनेका छन् कि २३ फागुनमा नेपाली युवा माक्स लगाएर करिब पौने सात बजे कलेजमा पुगेका थिए । उनले रक्तजाँच गरेर फर्केको र रिपोर्टको प्रतिक्षा गरेको जानकारी दिएका थिए । सुसानले भने, उनी करिब ३० सेकेन्डजति कलेजमा बसे । कोर्स टेनर भन्दा बाहेक कसैसँग उनको सम्पर्क भएको छैन । उनी एड्भान्स डिप्लोमा अफ लिडर्सिप एण्ड मेनेजमेन्ट पढिरहेका थिए । नयाँ पत्रिका दैनिक