६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

होली खेले कोरोनाको जोखिम

होली खेले कोरोनाको जोखिम
अ+ अ-

काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ। तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेत समेत गराएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न अनुरोध गरेका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष तथा वीर अस्पतालका फिजिसियन डा. लोचन कार्कीले अहिलेको अवस्थामा होली खेल्न नहुने बताए।

होली खेल्ने नाममा भीडभाडमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने कार्कीको भनाइ छ। विगत वर्षमा होली पर्व आउँदा तापक्रम बढिसकेको हुन्थ्यो। तर यसपटक भने मुलुकभर चिसो घटेको छैन। चिसो मौसममा पानीमा भिज्दा ज्वरो आउने तथा रुघाखोकीले सताउने सम्भावना पनि उच्च रहने चिकित्सकको भनाइ छ। यसले निमोनिया समेत निम्त्याउन सक्छ। रुघाखोकी लागेपछि शरीर कमजोर हुने र कमजोर शरीरमा कोरोनाले समेत सजिलै आक्रमण गर्न सक्ने यस क्षेत्रका जानकारको भनाइ छ।

निकै तामझामका साथ होली मनाउँदै आएका विद्यालय सञ्चालकहरूले पनि यसपटक होली नमनाउने निर्णय गरेका छन्। उनीहरूले विद्यार्थी तथा अभिभावकलाई समेत होलीको दिन भीडभाडमा नजान भनेका छन्। उनीहरूले चिसो पानी र रङ नछ्याप्न अनुरोधसमेत गरेका छन्। उनीहरूले सन्देश नै पठाएर यसबारे सचेत गराएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का सहअध्यक्ष डीके ढुंगानाले भने, ‘एकपटक होली नखेल्दैमा केही फरक पर्दैन। स्वस्थ रहन सके अर्को वर्ष रमाइलो गर्न सकिन्छ।’

रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्राचार्यसमेत रहेका ढुंगानाले आफ्नो स्कुलमा यसपटक होलीमा रमझम नगर्ने निर्णय गरेको बताए। होलीमा सार्वजनिक स्थलमा रमाइलो गर्दै हिँड्दा फोहोर पानीले भिज्न सक्ने खतरा पनि उत्तिकै छ। रङ दल्दा त्यसभित्र रहेको सिसा र केमिकलका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्न सक्छ। सिसा र केमिकलले छालामा तत्कालीन र दीर्घकालीन रोग लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक अनुप बास्तोलाले बताए।

उनले भने, ‘घरमा परिवारका साथ बसेर एकअर्कामा रमाइलो कुराकानी गरेर पनि यो पर्वलाई मनाउन सकिन्छ।’ शिक्षाविद् विद्यानाथ कोइरालाले जोखिम रहेको थाहा पाउँदा पाउँदै होली खेल्न नहुने बताए। ‘यो समयलाई पुस्तक लेखन, पठन तथा अन्य रचनात्मक क्रियाकलाप गरेर सदुपयोग गर्न सकिन्छ’, कोइरालाले भने। अन्नपुर्णपोष्ट दैनिक