६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बाँस्कोटा घुस प्रकरणमा संसदमा काँग्रेस कमजोर भयो- डा. कोइराला

बाँस्कोटा घुस प्रकरणमा संसदमा काँग्रेस कमजोर भयो- डा. कोइराला
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तत्कालीन सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले ७० करोड घुसा मागेको टेप जस्ताको त्यस्तै सार्वजनिक भएर उनले राजिनामा दिइसकेको अवस्थामा पनि संसदमा सरकारका विरुद्धमा आफ्नो कुरा स्पष्टसँग राख्न नसकेको बताएका छन् । उनले भने– त्यो भन्दा ठूलो प्रमाण के हुन्छ, जसले रकमको अंक नै तोकेर मोल मोलाई गरिराखेका छन्, यस्तोमा पनि उनले राजिनामा दिएपछि मानौँ कि सबै दोष मेटिएजस्तो गरेर काँग्रेस चुप लागेर बस्नुले मुलुकको प्रमुख प्रतिपक्षी दलको दलको भूमिका निरीह र कमजोर भएको देखियो ।

फाइल फोटो

त्यसमाथि छानबीन गरी दोषीमाथि कारबाहीको माग गरेर संसदमा काँग्रेसले सशक्त आवाजका साथ भूमिका निर्वाह गर्नुपथ्र्यो त्यसो गर्न सकेन जसले काँग्रेसका कार्यकर्ताहरुमा निराशा छाएको छ । रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै डा.कोइरालाले भने– त्यति ठूलो घुस प्रकारणमा काँग्रेस बोल्दैन, कुनै एकजना व्यक्तिका लागि संविधान संशोधन गर्न सरकार तयार हुन्छ त्यसमा पनि विपक्षी दल कहाँ छ खोज्नुपर्छ, देशमा बाँस्कोटा प्रकरणजस्ता ठूल्ठूला घुस काण्डहरु दिनदिनै भएको कुरा मिडिायामा आएका छन् त्यसमा पनि काँग्रेस बोल्दैन, अनि प्रतिपक्षी दल कहाँ खोज्ने कार्यकर्ताले ?

काँग्रेसको वर्तमान नेतृत्व कमजोर र व्यक्ति केन्द्रित भएको पनि उनले आरोप लगाए । उनले आफू कमजोर हुने डरले केन्द्रमा बसेर आफू अनुकुल विभाग गठन गर्ने र के के गर्ने काम सभापतिले गरेता पनि नेपाली काँग्रेस काठमाडौँमा नभएर जिल्ला र गाउँमा रहेको बताए । आफू अहिले देशव्यापी दौडाहामा रहेको र त्यसक्रममा देशैभरिका कार्यकर्ताले कस्लाई माग गर्छन् सोही बमोजिम कोइराला परिवारबाट एकजनाले सभापतिमा उम्मेदवारी दिने उनले बताए ।

आगामी महाधिवेशमा पनि यही नेतृत्व नै दोहोरिएलाजस्तो छ नि भन्ने प्रश्नमा उनले भने– त्यो तपाईँहरु काठमाडौँको मिडियाले भनेर हुदैन, काठमाडौँले भनेर हुदैन, किनभने काँग्रेस काठमाडौँमा बस्दैन गाउँ गाउँमा छ, गाउँले अर्कै भनिरहेको छ, उहीँ गएपछि मात्र त्यो थाहा हुन्छ ।