१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः लुम्बिनीको विजयी सुरूआत



अ+ अ-

काठमाडौँ: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।

जितका लागि पाएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि गुलबुद्धिन नैबले अविजित ४४ र कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए । बलिङतर्फ चितवनका रिजन ढकालले दुई तथा सोहेल तनविरले एक विकेट लिए ।

यसअघि त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपूरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलम ७ विकेटको क्षतिमा १४२ रन बनायो । चितवनका लागि रवि बोपाराले ६६, कप्तान कुशल मल्लले २१, देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५ तथा अर्जुन साउदले अविजित १५ रन बनाए । बलिङतर्फ लुम्बिनीका रुबेल ट्रम्पलम्यानले तीन तथा अभिषेश गौतम र गुलबुद्धिन नैबले दुई दुई विकेट लिए ।रासस