२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पूर्वउपसभापति निधीको प्रश्तावः अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौँ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताउनुभएको छ ।

नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पटि मात्र महाधिवेशन गर्नुपर्ने बताउनु भयो । उहाँले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि बैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौं ।’

पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रिय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।