२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पूर्वउपसभापति निधीको प्रश्तावः अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौँ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताउनुभएको छ ।

नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पटि मात्र महाधिवेशन गर्नुपर्ने बताउनु भयो । उहाँले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि बैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौं ।’

पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रिय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।