१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छः मन्त्री खरेल

तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छः मन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उहाँले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताउनुभएको हो ।

उहाँले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताउनु भयो । उहाँले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरुसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरुलाई समेत आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरुको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाईरहेका छौँ । आज पनि १२३ वटा राजनितिक दलसँगको मिटिङ सरकारसंग छ । राजनीतिक दलसंग हामी निरन्तर संवादमा छौँ, त्यो वातावरण बनाइरहेको छौँ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडी बढाउने काममा हामी अगाडी बढीरहेका छौँ । यसमा महत्वपुर्ण रुपमा जोडिएको सम्मानित संसद, राष्ट्रिय सभा, समितिका माननीय सदस्यज्यु, समितिका सभापतिज्यूहरु सबैलाई म के अनुरोध गर्न चाहन्छु भने चुनाव हुने बाटोमा मुलुकलाई अगाडी बढाउनुपर्छ । नत्र जोखिम धेरै छन्, हामी अगाडी । यो बाटोमा अगाडी बढाउने कुराहरुमा माननीयज्युहरुको, सभापतिको महत्वपूर्ण भुमिका हुन्छ ।’

उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि अगाडी बढाइरहेको जानकारी दिनुभयो ।