१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्वघोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गर्यो’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले आज सिमरामा भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै मुलुकको शान्ति–सुरक्षाको अवस्थाप्रति प्रश्न उठाएका छन् ।

एमाले महासचिव शंकर पोखरेल सहभागी हुने पूर्वघोषित कार्यक्रमलाई लक्षित गर्दै गरिएको अवरोधपूर्ण गतिविधिले राजनीतिक सहिष्णुता र कानूनी अधिकारमाथि आघात पुगेको भट्टराईले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै उनले देशको कुनै पनि स्थानमा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्न पाउने संवैधानिक अधिकारको सम्मान हुनुपर्ने बताएका छन् ।

भट्टराईले यस्ता घटनाले आसन्न निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्नसक्ने बताउँदै सबै राजनीतिक शक्तिहरू सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले शान्ति–सुव्यवस्था कायम राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै भविष्यमा यस्ता घटना नदोहोरिन आवश्यक सुरक्षा पहल गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्–

आज सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दछु । नेकपा एमाले महासचिव कमरेड शंकर पोखरेल सहभागि हुने पूर्व घोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गंभीर चिन्ता उत्पन्न गरेको छ । देशको एक ठाउबाट अर्को ठाउमा निर्विवाद हिडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।

यस्ता गतिविधिले आसन्न निर्वाचनलाई थप अन्यौल र अनिश्चय तिर धकेल्ने कुरामा सचेत रहन र शान्ति सुव्यवस्था कायम राख्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछु ।