२१ भाद्र २०८३, आईतवार
,
Latest
जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सद्वारा प्लास्टिक प्याकेजिङमा प्रतिबन्ध



अ+ अ-

पेरिस । फ्रान्सले अधिकांश फलफूल र तरकारी प्याकेज गर्न प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारले विश्वव्यापी रूपमा प्रदूषण बढ्दै गएपछि एकल–प्रयोग प्लाष्टिकलाई चरणबद्ध रूपमा हटाउनका लागि नयाँ नियमअन्तर्गत शनिबारदेखि यो प्रतिबन्ध लागू गरेको हो।

नयाँ नियमअनुसार अब प्लास्टिकमा लिक्स, गाजर, टमाटर, आलु, स्याउ, नासपाती र अन्य ३० वस्तु बिक्री गर्न पाइने छैन। यसको सट्टा तिनीहरूलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूमा बेर्नुपर्नेछ । जामुन र पीच जस्ता नाजुक फलफूलका लागि प्लास्टिकलाई अझै अनुमति दिइनेछ तर आगामी वर्षमा यसलाई क्रमशः हटाइनेछ।

पत्रिका र अन्य प्रकाशन पनि प्लास्टिक र्यापिङबिना पठाउन आवश्यक हुनेछ । साथै  फास्टफूड रेस्टुरेन्टहरूलाई अब बच्चाहरूलाई प्लास्टिकका खेलौनाहरू निःशुल्क प्रस्ताव गर्न अनुमति हुनेछैन ।

यस वर्षको अन्त्यमा प्लास्टिकका बोतलको प्रयोगलाई न्यूनीकरण गर्न सार्वजनिक ठाउँमा पानीका फोहराहरू पनि खोलिनेछ। सरकारले नयाँ नियमले वार्षिक १ अर्ब प्लास्टिकजन्य फोहोर हटाउने अपेक्षा गरेको छ ।

फ्रान्सेली पत्रकार तथा लेखक एनी–एलिजाबेथ मोउटेटले नयाँ नियमहरूमा मिश्रित प्रतिक्रिया आएको बताएकी छन्। “यो अलि विखण्डित मानसिकता हो किनभने एकातिर फ्रान्सेलीहरू प्लास्टिकको प्रयोग कम गर्ने आवश्यकताका बारेमा धेरै सचेत छन्। यति धेरै प्लास्टिक प्रयोग नगर्नका लागि व्यापक समर्थन आवश्यक हुन्छ। एकै समयमा एक पटक तपाईंले तरकारीहरू आफैँ किन्नुभयो भने तपाईंले महसुस गर्नुहुन्छ कि उत्पादनलाई छिटो सड्नबाट रोक्नका लागि बेर्ने नयाँ तरिकाहरू पत्ता लगाउन केही पनि गरिएको छैन”, उनले भनिन् ।