६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हरेकको थाप्लोमा ३७ हजार ३ सय दुई रुपैयाँ ऋण

हरेकको थाप्लोमा ३७ हजार ३ सय दुई रुपैयाँ ऋण
अ+ अ-

काठमाडौं । नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको सात महिनामा नेपालको ऋण बढेर ११ खर्ब रुपैयाँ नाघेको हो । अर्थ मन्त्रालयका अनुसार माघसम्ममा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । योसँगै प्रत्येक नागरिकलाई ३७ हजार रुपैयाँ ऋण हुन पुगेको छ । नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा ३७ हजार ३ सय २ रुपैयाँ ऋण पर्न आउँछ ।

चालु आर्थिक वर्षको ७ महिनामा सरकारले २५ अर्ब ५० करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ २ अर्ब ४० करोड रुपैयाँ साँवा र १० अर्ब ६५ करोड रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ १० अर्ब ३२ करोड रुपैयाँ साँवा र २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ ब्याज तिरेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा अनुदानको हिस्सा बढ्दा ऋणको हिस्सा भने घटेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को माघ महिनासम्ममा १ खर्ब ९ अर्ब २८ करोड बरावरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको जनाएको छ । यस मध्ये अनुदान १६ अर्ब २० करोड र ऋण ९३ अर्ब ८ करोड रहेको छ ।

उक्त प्रतिवद्धतामा अनुदान र ऋणको हिस्सा क्रमशः १४.८२ प्रतिशत र ८५.१८ प्रतिशत रहेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः १२.५९ प्रतिशत र ८७.४१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको माघ महिनासम्ममा संघीय सरकारले प्राप्त गरेको वैदेशिक अनुदान गत आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ५० करोडको तुलनामा ८० प्रतिशतले बढेर १३ अर्ब ४९ करोड पुगेको छ । त्यसैगरी, यस अवधिमा संघीय सरकारले प्राप्त गरेको वैदेशिक ऋण गत आर्थिक वर्षको सोही अवधिको ४१ अर्ब ५८ करोडको तुलनामा ५२ प्रतिशतले कमी आई १९ अर्ब ८४ करोड रहेको छ । यसैगरी, चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल वस्तु निकासी अघिल्लो वर्षको सोही अवधिको ५३ अर्ब ८ करोडको तुलनामा २२.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु निकासी ११.५ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको माघ महिनासम्ममा भारततर्फको निकासी ३८ प्रतिशतले बढेको छ भने चीन र अन्य देशहरूतर्फको निकासी क्रमश १२.७ र २.४ प्रतिशतले घटेको छ । चालु आर्थिक वषैको पहिलो सात महिनामा प्रशोधित पाम आयल, भटमासको तेल (प्रशोधित), अलैची, जुटका कपडा लगायतका बस्तुको निकासी बढेको छ । सबैभन्दा बढि भटमासको तेल निर्यातमा उल्लेख्य वृद्धि भएको छ । ८ सय प्रतिशतले सो तेल निर्यातमा बृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ । सेन्थेटिक यार्न, तयारी कपडा र अन्य वस्तुहरूको निर्यात भने घटेको छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्म भारतबाट भएको पैठारी ८ प्रतिशतले घटेको छ भने चीन र अन्य देशबाट भएको पैठारी ९.८ र ०.८ प्रतिशतले बढेको छ । मुख्य पाँच वस्तुको पैठारी मूल्यको आधारमा हेर्दा चालु आर्थिक वर्षको पहिलो ७ महिनामा पेट्रोल, मलखाद, मोबाइल, टेलिफोन सेटलगायतका वस्तुको पैठारी बढेको छ भने डिजेल, एम.एस. विलेट, तयारी कपडा, एल।पी। ग्यासलगायतका वस्तुको पैठारी घटेको छ । सौर्य दैनिक